जेठ ०५, २०८१, शनिबार
               

सबै स्थानमा उम्मेदवारी दिँदै राप्रपा

नेपाल फ्ल्यास
कात्तिक २१, २०७६

ADVERTISEMENT

काठमाडौं– आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै रिक्त स्थानमा उम्मेदवारी दिँदै छ ।

राप्रपाले कास्की २ का लागि उसले रोमबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

त्यस्तै, प्रदेशसभा अन्तर्गत दाङ ३ (ख) मा भूपाल रावत र बागलुङ २ (ख) मा गणेश कुँवरलाई उम्मेदवार तोकिएको छ। भक्तपुर १ (क) लागि भने यथाशिघ्र उम्मेदवार टुंगो लागि सकेको छैन ।

राप्रपाल अरु तल्लो निकायको उम्मेदवार छनोटको अधिकार भने तल्लो निकायलाई दिएको छ । राप्रपाद्वारा जारी विज्ञप्तिमा भनिएको छ- 'रिक्त स्थानीय तहहरु अन्तर्गत नगरपालिकाको मेयर/उपमेयर पदको उम्मेदवार छनौट गर्न सम्बन्धित प्रदेश कार्य समितिलाई र नगरपालिकाको वडा अध्यक्ष, गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष र वडा अध्यक्षको उम्मेदवार छनोट गर्न सम्बन्धित जिल्ला कार्य समितिलाई अधिकार प्रत्यायोजन गरिएको छ ।' 


कस्तो लाग्यो ?

यो पनि