जेठ ०५, २०८१, शनिबार
               

आइभरिकोस्टका उपराष्ट्रपति भन्छन्– बुद्ध नेपालमै जन्मिएका रहेछन्

नेपाल फ्ल्यास
कात्तिक २०, २०७६

ADVERTISEMENT

काठमाडौं : अफ्रिकी मुलुक आइभरिकोस्टका उपराष्ट्रपति डानिएल काब्लान डुन्कनले बुद्ध नेपालमा आएको बल्ल थाहा पाएको बताएका छन् । नेपालको तीन दिने भ्रमण पूरा गरी मंगलबार स्वदेश फर्किएका उनले यसअघि भारतमा जन्मिएको भन्ने भ्रम आफूमा रहेको बताएका हुन् । ‘नेपाल आउनुअघि बुद्ध भारतमा जन्मेको भन्ने बुझेको थिएँ । यहाँ आएपछि सोमबार पो थाहा भयो, त्यो तथ्य गलत पो रहेछ । बुद्ध नेपालको लुम्बिनीमा जन्मेका रहेछन्’, उनले भने । 

उपराष्ट्रपति डुन्कन प्लेन चार्टर गरी आइतबार काठमाडौं उत्रिएका थिए । पहिलोपटक ‘सगरमाथाको देशमा’ आउँदा उनी रोमाञ्चित भए । आइभरिकोस्टबाट करिब साढे ९ हजार किलोमिटर हवाई यात्रा गर्दै आएका उनले त्यहाँका करिब एक हजार मिटर अग्ला हिमाल र संसारकै सर्वोच्च ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको तुलना पनि गरेको कान्तिपुर दैनिकमा खबर छ ।

सन् २०१७ जनवरीमा पद सम्हालेका ७६ वर्षीय डुन्कन पोषणसम्बन्धी सेवाहरूको विस्तारका लागि आयोजित विश्व सम्मेलनमा सहभागी हुन काठमाडौं आएका थिए । 


कस्तो लाग्यो ?

यो पनि