जेठ ०५, २०८१, शनिबार
               

नेपाली भू–भाग भारतको नक्सामा परेकोमा राप्रपाको आपत्ति

नेपाल फ्ल्यास
कात्तिक २०, २०७६

ADVERTISEMENT

काठमाडौं : भारतले नेपाली भूभाग मिचेर आफ्नो नयाँ नक्सा निकालेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ । भारतको नयाँ नक्सामा कालापानी र लिपुलेक भारतमा पारिएको विषय अहिले संचारमध्यममा भाइरल भएका छन् ।

यस विषयमा राव्रपाले एक विज्ञप्ति जारी गर्दै कुटनीतिक ढंगबाट तत्काल सशक्त प्रतिवाद गर्न सरकारलाई आग्रह गरेको छ ।

पार्टी प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै नक्सा मिचिएकोमा आपत्ति जनाए । भारत सरकारले म्मू कश्मीर र लद्दाख केन्द्र शासित प्रदेश बनेपछि पहिलोपटक शनिबार नयाँ नक्सा जारी गरेको थियो । त्यो क्रममा कालापानी र लिपुलेक आफ्नै भूभागमा गाभेर नक्सा निकालेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि