जेठ ०५, २०८१, शनिबार
               

नारायणहीटी दरबार संग्राहलयको लमुजङ कक्ष : रक्सी प्रयोग गर्न मिल्ने गरी भाडामा दिने तयारीमा

नेपाल फ्ल्यास
कात्तिक १८, २०७६

ADVERTISEMENT

काठमाडौं : नारायणहीटी दरबार नेपालको इतिहाससँग जोडिएको छ । नेपालमा राजसंस्था छैन अहिले तर, राजाप्रति आस्था राख्नेले अझै पनि दराबरलाई आस्थाको केन्द्र मान्छन् ।
सरकारले पनि यसलाई ऐतिहासिक महत्त्वका साथ लिएको छ । त्यसकारण त यसलाई संग्राहलय बनाएको छ । तर, यो संग्राहलयको संरक्षण गर्न जिम्मेवारी लिएको संस्कृति मन्त्रालय र त्यसअन्तर्गतको पुरातत्त्व विभागमा दशकौं लामो इतिहास बोकेको नारायणहीटी र त्यसमा खोलिएको संग्रहालयलाई भाडामा दिने तयारीमा छ । 

दरबार संग्रहालयभित्रको लमजुङ कक्षलाई ड्रिङ्स र डिनरसहितको पार्टी गर्न मिल्ने गरी संरचना परिवर्तन भाडामा दिन लागेको हो । गएको असोज ३ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई , मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र पुरातत्त्व विभागका कामु महानिर्देशक दामोदर गौतमसहितको टोलीले संग्रालय अवलोकन गर्दै संग्रहालयको लमजुङ कक्षमा रहेको डाइनिङ हल भाडामा दिने गरी छलफल गर्न निर्देशन दिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि