जेठ ०५, २०८१, शनिबार
               

२८ गुण्डा नाइकेलाई नेकपा र कांग्रेसको संरक्षण

नेपाल फ्ल्यास
कात्तिक १८, २०७६

ADVERTISEMENT

 काठमाडौं । बेला–बेला गुण्डा नाइकेलाई प्रहरीले इन्काउन्टरमा मार्दै आएको छ । त्यो क्रममा कुन पार्टीबाट संरक्षित छ त्यो पार्टीले सडकदेखि सदनसम्मै तताउने गरेको तपाईँ हामीले देखेकै छौँ । अधिकांश गुण्डा नाइकेलाई राजनीतिक दलले नै संरक्षण गरेर राखेका हुन्छन् । प्रहरीको ‘क्राइम रेकर्ड’ अनुसार राजधानीमा ३६ जना गुन्डा नाइके विभिन्न दलका राजनीतिक संयन्त्रमा सक्रिय छन् । उनीहरूलाई सत्तारूढ नेकपा, प्रतिपक्ष कांग्रेस र अन्य साना दलले संरक्षण दिने गरेका छन् ।

अदालतबाट सजाय भोगिसकेका १९ गुन्डा नाइके कांग्रेससँग निकट छन् भने ९ जना सत्तारूढ नेकपासँग नजिक छन् । बाँकी आठ जना अन्य राजनीतिक दलसँग जोडिएको कान्तिपुर दैनिकमा खबर छ ।

दीपक मनाङे भनिने मनाङका राजीव गुरुङ गण्डकीमा नेकपाका बहालवाला प्रदेश सांसद छन् । मनाङ प्रदेशसभा ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएर जितेका उनी २०७६ असार १९ मानेकपा प्रवेश गरेका थिए । लागूऔषध मुद्दामा कैद भुक्तान गरेर छुटेका चक्रे मिलन भनिने मिलन गुरुङ साबिक एमाले समर्थित हुन् । त्यस्तै समूहका नाइके गणेश लामा मधेसीजनअधिकार फोरम हुँदै अहिले कांग्रेसमा छन् । उनी काभ्रे क्षेत्र नम्बर १ ‘ख’ मा कांग्रेसबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएर पराजित भएका हुन् ।

प्रहरी निगरानीमा रहेका तेजेन्द्र गुरुङ काठमाडौं क्षेत्र नम्बर ५ मा कांग्रेस तरुण दलका सभापति हुन् । रोज राणाको नामबाट परिचित चलचित्र निर्माता सरोज थापा कांग्रेस प्यूठानका नेता हुन् । इँटागिट्टी तथा बालुवा ठगी अभियोगमा केही साताअघि पक्राउ परेका बागे भनिने सुकबहादुर तामाङलाई रिहा गर्न कांग्रेसका केही शीर्ष नेताबाटै दबाब आएको प्रहरी स्रोतले जनाएको छ ।

काठमाडौं क्षेत्र नं. १ का वडा तहका कांग्रेस नेता उनी महानगरीय प्रहरी अपराध महाशाखाको हिरासतमा छन् । तिहारमा जुवा खालबाट पक्राउ परेका बले भनिने बलराम सापकोटालाई छुटाउन सत्तारूढ नेकपाका उच्च नेताहरूबाट दबाब आए पनि प्रहरीले हिरासतमै राखेर कारबाही अघि बढाइरहेको छ ।
काभ्रेका स्याल भनिने सञ्जीव तामाङ २०६९ मा अभिमानसिंह बस्नेतलाई गोली हानी ज्यान मार्ने उद्योगमा २ वर्ष कैद भुक्तान गरी छुटेका हुन् । उनी कांग्रेस समर्थित हुन् । 
 


कस्तो लाग्यो ?

यो पनि