जेठ ०५, २०८१, शनिबार
               

उपनिर्वाचनमा यी हुन् राप्रपाका उम्मेदवार

नेपाल फ्ल्यास
कात्तिक १८, २०७६

ADVERTISEMENT

काठमाडौं । १४ मंसिरमा हुन लागेको उपनिर्वाचनमा राप्रपाले कुनै पनि दलसँग सहकार्य नगरी उम्मेदवार छनोट गरेको छ । राप्रपाले प्रतिनिधिसभाको एक र प्रदेशसभाको तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुँगो लगाएको हो । पार्टीको कार्यासम्पादन समितिले स्थानीय तहका उम्मेद्वार छनोट गर्ने जिम्मा जिल्ला कार्य समितिलाई दिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

प्रतिनिधिसभातर्फ कास्की २ मा हुने उपनिर्वाचनमा राप्रपाले केन्द्रीय सदस्य रोमबहादुर भण्डारीलाई उम्मेद्वार बनाउने निर्णय गरेको श्रेष्ठले बताए ।  
यसैगरी प्रदेशसभा अन्तर्गत दाङ–३ (ख) मा भूपाल रावत र वागलुङ–२ (ख) मा गणेश कुँवरलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ भने भक्तपुर–१ (क) को हकमा भने तत्कालै उम्मेद्वारको टुंगो लगाइने बताइएको छ ।
 
 


कस्तो लाग्यो ?

यो पनि