जेठ ०५, २०८१, शनिबार
               

सरकारले द्वन्द्व निम्त्याउँदै छ : कांग्रेस

नेपाल फ्ल्यास
कात्तिक १७, २०७६

ADVERTISEMENT

प्रदेश प्रमुख हटाउने सरकारको प्रति प्रमुख विपक्षी नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश प्रमुख हटाएर सरकारले गम्भीर गल्ती गरेको बताए । उनले सरकारले द्वन्द्व निम्त्याउ खोजेको बताएका छन् ।

कांग्रेसले यस विषयमा आन्तरिक परामर्श गरी नयाँ कदम चाल्ने जनाएको छ ।

शर्माले संवैधानिक हिसावबाट नियुक्त प्रदेश प्रमुख हटाउने सोच सरकारको पूर्वाग्रहमात्र भएको बताए ।

मन्त्रिपरिषद्‍को आज आइतबार बसेको बैठकले उनीहरुलाई पदमुक्त गर्ने निर्णय गरे लगत्तै राष्ट्रपतिले पदमुक्त गरेकी हुन् ।

उनीहरुको नियुक्ति कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले दुई वर्षअघि गरेको थियो ।

पदमुक्त भएका प्रदेश प्रमुखमा प्रदेश १ का गोविन्दबहादुर तुम्बाहाङ, २ का रत्नेशवर लाल कायस्थ र ३ का अनुराधा कोइराला छन् । त्यस्तै गण्डकीमा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, कर्णालीमा दुर्गा केशर खनाल र सुदूरपश्चिममा मोहनराज मल्ल पनि पदमुक्त भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि