जेठ ०५, २०८१, शनिबार
               

प्रधानमन्त्रीले किन बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक ?

नेपाल फ्ल्यास
कात्तिक १७, २०७६

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओ‌लीले आइतबार नै दोस्रोपटक आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

स्वास्थ्यले साथ नदिइरहेको बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद्‍को आकस्मिक बैठक बोलाएबाट अनेक प्रश्न उठेका छन् ।

कतिपयले प्रधानमन्त्रीले थप महत्पूर्ण राजनीतिक नियुक्ति गराउन चाहेको बताएका छन् । 

स्रोतहरुले भने प्रधानमन्त्री ओलीले सरकारमा आफ्नो उत्तराधिकारी उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई बनाउन चाहन्छन् । केही समयका लागि कार्यवाहक प्रधानमन्त्री ईश्वरलाई दिनेसम्मको प्रधानमन्त्रीको प्रयास रहने कतिपय स्रोतको दाबी छ ।

तर यसका लागि भरपर्दो कानुनी आधार देखिँदैन । प्रधानमन्त्री अस्वस्थ रहेका कारण उपप्रधानमन्त्रीलाई कार्यवाहक बनाउन सक्ने कानुनी व्यवस्था नरहेकोले प्रधानमन्त्री अप्ठेरोमा परेका हुन् । 

प्रधानमन्त्री निकट उच्च राजनीतिक स्रोतका अनुसार ईश्वर पोखरेल लामो समयसम्म कार्यवाहक प्रधानमन्त्री रहिरहुन भन्ने सदिच्छा प्रधानमन्त्री ओलीको छ । त्यसमा राष्ट्रपतिको पनि साथसहयोग लिने तयारी छ । 

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाललाई अलग्याएर आफ्नो समूह, बामदेव गौतम समर्थक र ईश्वर समूहलाई मिलाइदिने रणनीति प्रधानमन्त्री ओलीको रहेको जानकारहरू बताउँछन् ।

नेकपा निकट अर्को स्रोतले मन्त्रिपरिषद् संचालन सम्बन्धी नियमावली परिवर्तन हुन सक्ने छ । प्रधानमन्त्री ओली नियमावलीलाई आफू अनुकूल संशोधनको तयारीाम छन् । दुई महिनाअघि उपचारका लागि सिंगापुर जाँदा ओलीले भिडियो कन्फ्रेसबाट मन्त्रिपरिषद बैठक बस्ने सक्ने गरी नियमावली परिमार्जन गराएका थिए । जुन कदम पछि विवादमा परेको थियो ।

तर आइतबार साँझ दोस्रोपटक आकस्मिक रुपमा बोलाइएको मन्त्रिपरिषद्‍मा यही एजेन्डा र रणनीति भन्नेमा आधार भेटिइसकेको छैन ।

 


कस्तो लाग्यो ?

यो पनि