जेठ ०५, २०८१, शनिबार
               

उम्मेदवार टुंगो लगाउने कसरतमा नेकपा र कांग्रेस

नेपाल फ्ल्यास
कात्तिक १७, २०७६

ADVERTISEMENT

काठमाडौं : १४ मंसिरमा हुने उपनिर्वाचनका लागि उम्मेदवारी टुंगो लगाउने कसरतमा सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस जुटेका छन् । उपनिर्वाचनको मिति नजिकिँदै जाँदा यी दुई दलले आ–आफ्नो उम्मेदवार छान्न बैठक बोलाएका छन् ।

सत्तारुढ दल नेकपाले आइतबार उम्मेदवार छनोटका लागि सचिवालय बैठक बोलामएको छ । शनिबार बैठकको बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा केन्द्रित भएपछि उम्मेदवार छनोटका लागि आइतबार छलफल हुने नेकपाले जनाएको छ । 

यस्तै, उम्मेदवारको टुंगो लगाउन कांग्रेस पदाधिकारी बैठक पनि आज बस्दैछ । केन्द्रीय समितिले उम्मेदवार छान्ने जिम्म पदाधिकारीलाई दिएसँगै पदाधिकारीहरु उम्मेदवार टुंगो लगाउन जुटेका हुन् । बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्नेछ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै नेता कृष्णप्रसाद सिटौला पनि सहभागी हुँदै छन् । 


कस्तो लाग्यो ?

यो पनि