जेठ ०५, २०८१, शनिबार
               

महरामाथिको थुनछेक बहस आज

नेपाल फ्ल्यास
कात्तिक १७, २०७६

ADVERTISEMENT

काठमाडौं : संसद् सचिवालयमा कार्यरत रोशनी शाहीमाथि यौन दुरव्यवहारको आरोप खेपिरहेका निर्वतमान सभामुख कृष्णबहादुर महरामाथिको थुनछेक बहस आज (आइतबार) हुँदैछ । यसअघि शुक्रबार महराको बयान ढिला सकिएकाले बहस हुन सकेको थिएन ।  

महराविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले पाँच वर्ष र विशिष्ट व्यक्ति भएकाले थप दुई वर्ष गरी सात वर्ष कैद सजाय माग दाबी गरेको छ । बहसमा सरकार पक्षबाट सरकारी वकिल र प्रतिवादीका तर्फबाट महराका कानुन व्यवसायीले आ–आफ्नो पक्षमा बहस गर्नेछन् । बहसमा आएका प्रमणका आधारमा महरालाई पुर्पक्षका लागि थुनामा पढाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय जिल्ला अदालत काठमाडौंले लिनेछ । 
 


कस्तो लाग्यो ?

यो पनि