जेठ ०५, २०८१, शनिबार
               

सरकार छोड्छन् त उपेन्द्र यादवले ?

नेपाल फ्ल्यास
कात्तिक १०, २०७६

ADVERTISEMENT


समाजवादी पार्टीका कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवलाई सरकार छाड्न पार्टीभित्रबाट चर्काे दबाब परेको छ ।

राष्ट्रिय जनता पार्टी नेपालले सरकार छाड्ने निर्णय नगरेसम्म समाजवादी पार्टीसँग एकीकरण प्रक्रिया अगाडि नबढ्ने सर्त राखेको छ ।

पार्टीभित्रै पनि कार्यकर्ता पंक्तिबाट सरकार छाड्न पार्टी नेतृत्वलाई दबाब परेको छ ।

पार्टीले कात्तिक २९ र ३० गते बोलाएको केन्द्रीय समितिको बैठकमा सरकार छाड्न/नछाड्ने विषयमा गम्भीर छलफल हुने पार्टी उपाध्यक्ष रेणु यादवले जानकारी दिएको खबर आजको नागरिकले छापेको छ ।


कस्तो लाग्यो ?

यो पनि