जेठ १०, २०८१, बिहीबार
               

कुन कुन मन्त्रीको जाँदैछ जागिर !

नेपाल फ्ल्यास
असोज २८, २०७६

ADVERTISEMENT

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन्।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन्। ओलीले सोमबार दाहालसँग यो विषयमा बालुवाटारमा झण्डै दुईघन्टा वार्ता गरे।

ओलीले ६ जना मन्त्री हेरफेर गर्नसक्ने बालुवाटार स्रोतले बतायो। शिवमाया तुम्बाहाम्फेलाई प्रतिनिधिसभाको सभामुखबाट राजीनामा दिन लगाई मन्त्री बनाउने तयारी ओलीको छ। ओलीले सोमबारै उपसभामुखसँग राजीनामाका विषयमा छलफल गरी मन्त्री पदका लागि तयारी अवस्थामा बस्न भनेको स्रोतले बताएको खबर अन्नपूर्णपोट दैनिकमा छ।

कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ। यो पद अन्यलाई नछाड्न नेकपाले उपसभामुखलाई राजीनामा गराउन लागेको हो। सभामुख र उपसभामुख एकै दलबाट बन्न नपाइने संवैधानिक व्यवस्था छ।

उता, नेपाल फ्ल्यासलाई बालुवाटार स्रोतले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र संचारमन्त्री गोकुल बास्कोटाबाहेक जोकोहीलाई परिवर्तन गर्न प्रधानमन्त्री तयार भएको जनाएको छ । पर्यटनमन्त्री योगेश भट्टराई पनि परिवर्तन नहुनेको सूचीमा छन् । यी बाहेक नेताहरुसँग परामर्श गरेर प्रधानमन्त्रीले जो कोहीलाई पनि परिवर्तन गर्न सक्नेछन् ।
 


कस्तो लाग्यो ?

यो पनि