जेठ ०५, २०८१, शनिबार
               

ज्ञानेन्द्र शाहीमाथि आक्रमणको सर्वत्र निन्दा, गगन र विश्वप्रकाशको आपत्ति, कसले के भने ?

नेपाल फ्ल्यास
असोज ११, २०७६

ADVERTISEMENT

नेपालका लागि नेपाली अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चर्को निन्दा गरेका छन् । 

सामाजिक संजाल ट्वीटरमार्फत उनले आक्रमण गर्ने कामलाई मण्डले चरित्र भनेका छन् । शर्माले आफ्ना कार्यकर्ताको निधारमा कालो पोत्ने कर्म किन गराइदै छ भनी प्रश्नसमेत गरेका छन् ।

कांग्रसका नेता एवं सांसद गगन थापाले ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्नेलाई विचरा कायरहरु भनेका छन् । उनले नेकपा अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै उक्साउनेहरुलाई दोषी भनेका छन् ।

भ्रष्टाचारविरोधी अभियन्ता शाहीमाथि गरिएको सांघातिक हमलाको चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेले पनि निन्दा गरेका छन् ।

लामिछानेले यो कदमलाई अभिव्यक्ति स्वतन्त्रताको भद्दा मजाक भनेका छन् । उनले फेसबुक स्टाटसमा लेखेका छन्-  'उनीमाथि गरिएको हमलाको घोर विरोध गर्दछु ।'

कसले के भने ?

भ्रष्टाचार बिरुद्धका अभियन्ता ज्ञानेन्द्र शाही माथि चितवनमा भएको सांघातिक आक्रमणको भत्सर्ना गर्दछु।यो आक्रमण प्रजातांत्रिक अधिकार बिरुद्ध प्रहार हो।कानुनी राज्यको उपहास हो।दोषीहरुलाई अविलम्ब कानुन कारवाही गरियोस्


कस्तो लाग्यो ?

यो पनि