जेठ ०५, २०८१, शनिबार
               

भ्रष्टाचारविरुद्धका अभियन्ता शाहीमाथि सांघातिक हमला

नेपाल फ्ल्यास
असोज ११, २०७६

ADVERTISEMENT

भ्रष्टचारविरुद्धका अभियन्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा भौतिक आक्रमण भएको छ ।

नेपालका लागि नेपाली अभियानका अभियन्ता शाहीमाथि चितवनको चौविसकोटीमा सांघातिक हमला भएको हो ।शाहीमाथि निर्घात कुटपिटपछि प्रहरीले उनको उद्धार गरेको छ ।

शाहीको अभियानले आज चौबिसकोटीमा खबरदारी सभा गर्न लागेको थियो । नेकपाको भ्रातृ संगठनहरुले राजावादीहरुलाई कार्यक्रम गर्न नदिने चेतावनी दिएका थिए ।

यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहालले राजावादीहरुको प्रतिकार गर्न कार्यकर्तालाई निर्देशन दिएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संविधानविरोधी गतिबिधिलाई नियन्त्रण गर्ने बताउँदै आएका थिए ।

ढिलोगरी उद्धार गरेको प्रहरीले आक्रमण गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ ।


कस्तो लाग्यो ?

यो पनि