जेठ ०५, २०८१, शनिबार
               

नेपाली राजनीतिमा अमेरिकाको चासो, भन्यो- कुनै छिमेकीतिर नढल्केउ

नेपाल फ्ल्यास
असोज ११, २०७६

ADVERTISEMENT

अमेरिकी चाहना : नेपाल कतै नढल्कियोस्

सत्तारुढ नेकपा चिनियाँ पार्टीको विचारधारामा प्रभावित भई चीनतिर ढल्केको भन्ने सन्देश गइरहेका बेला अमेरिकाले नेपाललाई कुनै मुलुकको पक्षतिर नलागी ‘नेपालकै पक्षमा रहेको’ हेर्न चाहेको स्पष्ट पारेको छ।

अमेरिकी राजदूत र्‍यान्डी बेरीले शुक्रबार राजधानीमा कूटनीतिज्ञ, विज्ञ, सांसद, उद्यमी र सञ्चारकर्मीमाझ भने, ‘हामी नेपालको पुरानो मित्र हौं। नेपाल कसैको पक्षमा नभई नेपालकै पक्षमा रहेको हेर्न चाहन्छौं।’

इन्टिच्युट फर इस्ट्राटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) ले आयोजना गरेको ‘नेपालमा अमेरिकी कूटनीति’ विषयक अन्तरक्रियामा राजदूत बेरीले भने, ‘नेपालमा कतिपय विषयमा मिस अन्डरस्ट्यान्डिङ (गलत बुझाइ) छ। हामी यस्ता विषयलाई चिर्न चाहन्छौं।’

अमेरिकाले अघि सारेको हिन्द-प्रशान्त रणनीति (इन्डो-प्यासिफिक स्ट्राटेजी-आइपीएस) कुनै रणनीति नभई यो क्षेत्रका लागि अमेरिकाले अघि सारेको नीति भएको बताए। ‘अमेरिकी नीतिलाई सबैले स्वीकार गर्नपर्छ भन्ने छैन, तर त्यही दृष्टिकोण (एप्रोच) मा अमेरिकाले काम अघि बढाउँछ र सहकार्य गर्छ,’ उनले भने, ‘सबै मुलुकको आआफ्ना नीति हुन्छन्। यही नीतिबीचमा मिलेर नै सहकार्य गर्ने हो।’

अमेरिकी नीति संसारका साना मुलुकलाई फाइदा हुने उनले दाबी गरे। संसारका सार्वभौम र साना सबै देशले यस रणनीतिबाट फाइदा लिन सक्ने उनको दाबी थियो। ‘इन्डो प्यासिफिक क्षेत्रका देश स्वतन्त्र, खुला र सुरक्षित रहने वातावरण बनाउन रणनीतिले सहयोग गर्नेछ,’ राजदूत बेरीले भने, ‘नेपाल बलियो हुँदा अमेरिकासमेत बलियो हुने र अमेरिका बलियो हुँदा नेपाल बलियो हुने हाम्रो विश्वास छ। यही आधारमा सहकार्य अघि बढ्छ।’

राजदूत बेरीले नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै अमेरिकारले नेपालको सार्वभौमिकता बलियो हुनुपर्नेमा जोड दिँदै आएको बताए। ‘नेपाल यस क्षेत्रको पुरानोमध्येको मुलुक हो। यसको सार्वभौमिकता बलियो र अटल रहोस् भन्ने हाम्रो चाहना छ,’ उनले भने, ‘हामीले कुनै पनि सार्वभौम मुलुकको सार्वभौमिकतामाथि दबाब दिने काम गर्दैनौं। यो अमेरिकी नीति पनि होइन। हामी अन्य मुलुकले त्यस्ता कमजोर सार्वभौम मुलुकमाथि हस्तक्षेप गरेको हेर्न पनि चाहदैनौं।’

उनले अन्य मुलुकको कुनै पनि रणनीति वा आर्थिक नीतिसँग आफ्नो नीति दाँज्न नमिल्ने बताए। अमेरिकाको आफ्नै नीति रहेको र अन्य मुलुकको पनि आफ्नै प्रकारको रहेको उनको भनाइ छ। उनले भने, ‘कुन नीतिले सार्वभौम मुलुकलाई हित गरिरहेको छ। त्यसलाई गहिराइमा गएर बुझ्न आवश्यक छ। मुलुकभित्र त्यसको बहस हुन जरुरी हुन्छ।’

राजदूत बेरीले अमेरिकारले नेपाललाई भारत, चीन वा अमेरिका कुनै पनि मुलुकको पक्ष-विपक्षमा नभई नेपाल आफ्नै पक्षमा रहेको हेर्न चाहेको पटकपटक बताए।

‘नेपाल सधैं ‘प्रो-नेपाल’ कै पक्षमा रहोस्। यो अमेरिकी चाहना हो। हामी विश्वका कैयन् मुलुकझैँ स्वतन्त्र सार्वभौम मुलुकले आफ्नै मुलुकले अख्तियार गरेको नीति वा विचार अवलम्बन तथा निर्धारण गरोस् भन्ने पक्षमा छैनौं,’ उनले भने, ‘केही अन्तर्राष्ट्रिय मान्यतालाई पछ्याउनु भन्न सकिन्छ। सुझाव दिन सकिन्छ तर विचारधारा वा नीतिमै प्रभाव राख्ने कार्य सार्वभौम मुलुकमा भएको हेर्न चाहँदैन अमेरिका।’ यो समाचार अन्नपूर्णपोस्ट दैनिकले छापेको छ ।


कस्तो लाग्यो ?

यो पनि