जेठ ०५, २०८१, शनिबार
               

मन्त्री र सचिवको कामप्रति प्रधानमन्त्री असन्तुष्ट

नेपाल फ्ल्यास
असोज १०, २०७६

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओली अधिकांश मन्त्री र सचिवको कामप्रति असन्तुष्ट देखिएका छन्। उनले अधिकांशको काम ‘चल्ते चलाते’ जस्तो देखिएको भन्दै ‘हाई स्पिड’का साथ काम गर्न मन्त्री र सचिवलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बिहीबार सबै मन्त्रालयका मन्त्री र सचिवस“ग गरेको समीक्षा बैठक र अनलाइन मोनिटरिङ व्रिफ्रिङ कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले लिएको लक्ष्य र उद्देश्यअनुरूप मन्त्री, सचिव र कर्मचारीले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

‘तपाईंहरू सबै कस्सिएर काम गर्नुको विकल्प छैन, चल्ते चलाते किसिमले काम गरेर मुलुकको विकास र समृद्धि हासिल गर्न सकिँदैन,’ प्रधानमन्त्री ओलीले मन्त्री र सचिवलाई कडा निर्देशन दिँदै भने ।

प्रधानमन्त्री कार्यालयले चालू आर्थिक वर्ष २०७६/७७ को साउन र भदौ महिनामा मन्त्रालयले गरेका कामको अनलाइन मोनिटरिङ गरेको छ। यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।

नीति तथा कार्यक्रम र बजेटमा सम्बन्धित मन्त्रालयको जिम्मेवारीमा परेका कामको बारेमा मोनिटरिङ गर्दा अधिकांश मन्त्रालयको प्रगतिविवरण सन्तोषजनक नभएको पाइएको छ । गत साउनको पहिलो साता २१ वटै मन्त्रालयले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको बारेमा दुईमहिने कार्ययोजना प्रधानमन्त्री कार्यालयसमक्ष पेस गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि