जेठ ०५, २०८१, शनिबार
               

उपनिर्वाचनको माहोल बन्दै, २१ दलले पाए चुनाव चिन्ह

नेपाल फ्ल्यास
असोज १०, २०७६

ADVERTISEMENT

निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा भाग लिन दर्ता भएका विभिन्न २१ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ।

आयोगको बिहीबार बसेको बैठकले उपनिर्वाचनमा भाग लिन दर्ता भएका नयाँ २१ राजनीतिक दललाई निर्वाचन चिह्न दिएको हो।

आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन २०७४ मा दर्ता हुन छुटेका, एकीकरण भएका र नाम परिवर्तन भएका दललाई दर्ता हुन भदौ ३१ गतेसम्मको समयसीमा तोकेको थियो। जसअन्तर्गत २१ राजनीतिक दल दर्ता आयोगमा दर्ता भएका थिए।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमका अनुसारचुनाव चिह्न पाउने दलमा नेकपालाई सूर्य, ग्रिन पार्टी नेपाललाई त्रिशूल, नेपाल लोकतान्त्रिक पार्टी दुईहात जोडेको नमस्कार, राष्ट्रिय प्रजातन्त्र पार्टी लोकतान्त्रिकलाई साँढे गोरु, समाजवादी पार्टीलाई पाँच औंलासहितको हत्केला, साझा पार्टीलाई तराजु, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तलाई हलो, मुस्कान सेना नेपाललाई पुरुष, नेपाल परिवार दललाई साँचो दिइएको छ।

यसअघि २०७४ को निर्वाचनमा भाग लिएका र नाम हेरफेर नभएका, एकीकरण नभएका दलहरुले भने पुरानै चिह्नमा चुनावमा भाग लिनेछन्। यो समाचार आजको नागरिक दैनिकले छापेको हो ।

त्यसैगरि आयोगले नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) लाई हँसिया, हाम्रो पार्टीलाई धारा, मंगोल नेसनल अर्गनाइजेसनलाई कुखुराको भाले, नेपालवादलाई तारापुन्ज, संघीय खुम्बुवान लोकतान्त्रिक पार्टीलाई नेपाल हवाइजहाज, नेपाली कांग्रेस बिपीलाई (करुवा), ऐतिहासिक प्रजातान्त्रिक पार्टी नेपाललाई ट्रयाक्टर, आमुक परिवर्तन मसिया पार्टीलाई हृदय, राष्ट्रिय नागरिक पाटीलार्ई चंगा, जनमत पार्टी (जपा) लाउडस्पिकर चुनाव चिह्न दिइएको छ।


कस्तो लाग्यो ?

यो पनि