जेठ ०५, २०८१, शनिबार
               

आरएसएसका प्रचार प्रमुख किन नेपालमा ?

नेपाल फ्ल्यास
असोज ०९, २०७६

ADVERTISEMENT

सत्तासीन भारतीय जनता पार्टीलाई मार्गनिर्देश गर्ने संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का प्रचार प्रमुख नेपाल आएका छन् । 

नेपालको राजनीतिक क्रमश चीनको पोल्टामा जाँदै गरेको विश्लेषण भइरहँदा आरएसएसका प्रचार प्रमुख अरुण कुमार नेपाल आएका हुन् । 

उनले बिहीबार काठमाडौंमा हुने काश्मिर मामिला र धारा ३७० बारे प्रवचन दिने छन् । मोदी सरकारले काश्मिर मामिलामा गरेको कदमलाई अन्तर्राष्ट्रियको खासै आपत्ति भएको छैन । भारत खासगरी जोडिएका मुलुकभित्र सो कदमबारे सकारात्मक बुझाइ होस् भन्ने हेतुले काम गरिरहेको जानकारहरु बताउँछन् ।

नेपालको राजनीतिक परिवर्तनमा समर्थनमात्र होइन साथ र सक्रियता नै भए पनि नेपालमा भारतविरोध भावना बढ्दो छ । यो विषयलाई भारतले मनन गरेको छ । त्यसैले सम्बन्ध जनस्तरमै विकसित होस् भन्ने भारतको चाहना रहेको बताइन्छ । 

आरएसएस प्रचार विभाग प्रमुख अरुण कुमार नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भन्ने मान्यता राख्छन् । उनले यहाँ रहँदा त्यसखालका भेटघाट पनि गर्ने कार्यक्रम रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि