जेठ ०५, २०८१, शनिबार
               

राज्यकोषको चरम दुरुपयोग, ओलीले आफू निकटका संस्थालाई बाँडे २६ करोड !

नेपाल फ्ल्यास
असोज ०६, २०७६

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेको बेला २६ करोड ३५ लाख रुपैयाँ वितरण गरेको पाइएको छ ।

मन्त्रालय अन्तर्गतको संस्कृति प्रवद्र्धन कार्यक्रम शीर्षकमा यो रकम वितरण गरिएको हो ।

तत्कालिन मन्त्री रवीन्द्र भट्टराईको फागुन दोस्रो साता निधन भएसँगै ओलीले पर्यटन मन्त्रालय सम्हालेका थिए ।

मन्त्रालयमा राज्यमन्त्री रहे पनि उनलाई अधिकार प्रत्यायोजन गरिएको थिएन् ।

गत साउन १५ मा योगेश भट्टराई मन्त्री भएसँगै प्रधानमन्त्रीले यो मन्त्रालय छाडेका थिए ।

मन्त्रालयले गत आवमा ५२ संस्था र प्रतिष्ठानलाई पुँजीगत अनुदान उपलब्ध गराउने शीर्षकमा २६ करोड ३५ लाख रुपैयाँ विगतरण गरेको समाचार कारोबार दैनिकमा आज दीपन्द्र थापाले लेखेका छन् । 

विभिन्न राजनेता, पार्टीका नेताको नाममा खुलेका तथा साहित्यकार र कलाकारका नाममा खुलेका संस्था र प्रतिष्ठानलाई यो रकम वितरण गरिएको हो ।

सबैभन्दा बढी अनुदान पाउनेमा मदन भण्डारी स्मृति प्रतिष्ठान र मदन भण्डारी स्मृति फाउन्डेसन छन् ।

मोरङमा रहेको प्रतिष्ठानले पाँच र काठमाडौँमा रहेको फाउन्डेसनले चार करोड २५ लाख पाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि