जेठ ०५, २०८१, शनिबार
               

छुट्लान त रेशम चौधरी ?

नेपाल फ्ल्यास
असोज ०५, २०७६

ADVERTISEMENT

जहाँ जस्तो खालको समूह देख्यो, त्यही अनुसार बोल्ने नेपाली नेताहरूको चलन नै हो । कुनै बेला गिरिजाप्रसाद कोइराला जुन समुदाय वा समूहमा पुगे आफ्नो त्यो समुदाय वा समूहसँग भावनात्मक सम्बन्ध छ भन्थे । तर कोइरालासँग त्यो समुदायसँग जोडिने आधार हुन्थ्यो ।

नेकपामा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही हदसम्म त्यो सिको गरेका छन् । तर उनलाई कोइराला जस्तो आधार चाहिँदैन । के बोल्दा मासमा ताली बज्छ, त्यही हेर्ने हो ।

कार्यक्रम आइतबार सुनसरीमा भएको हो । थारु कल्याणकारिणी सभाले गरेको थियो कार्यक्रम । अध्यक्ष दाहालले भने- जनताबाट निर्वाचित भएकाहरू अब छिट्टै बाहिरिने छन् ।

थाहा भएकै कुरा हो एक जना थारु सांसदमा निर्वाचित अहिले जेलमा छन् । रेसम चौधरी, हो उनीविरुद्ध टीकापुर हत्याकाण्डमा जिल्ला अदालत कैलालीले दोषी ठहर गरेको थियो ।

न्यायाधीश परशुराम भट्टराईको इजलासले फागुन २२ मा चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो । उनीबाहेक १२ जनालाई ३ वर्ष कैद तोकिएको थियो भने एक नाबालकलाई भने ६ महिना कैद सजाय सुनाइएको थियो ।

भूमिगत रूपमै सांसद निर्वाचित भएका रेसम चौधरी पछि अदालतमा हाजिर भई जेल चलान भएका थिए ।

अध्यक्ष दाहालले सुनसरीको झुम्कामा भएको कार्यक्रममा सबै झुटा मुद्दा खारेज हुने बताए । नेकपाभित्र त्यसबारे सैद्धान्तिक सहमति भइसकेको भन्दै उनले छिट्टै सहमति कार्यान्वयन हुने जानकारी दिए ।

जनताले चुनेका व्यक्तिलाई राजनीतिक मूलधारमा ल्याउने बताएका अध्यक्ष दाहालले जननिर्वाचित व्यक्तिलाई राजनीति क्षेत्रमा ल्याउन पार्टी एक भएको बताए ।

हेरु, थारुहरूको बीचमा अध्यक्ष दाहालले गरेको कुरा के हो ? त्यसको कार्यान्वयन कसरी हुन्छ ? नेकपामा भीम रावलहरूले त्यसलाई कसरी लिने हुन ? त्यो हेर्न भने केही समय कुर्नु पर्ने हुन्छ ।


कस्तो लाग्यो ?

यो पनि