जेठ ०५, २०८१, शनिबार
               

नेपाल आएको डेढ अर्बको हेलिकप्टरमा के हुन्छ ?

नेपाल फ्ल्यास
असोज ०३, २०७६

ADVERTISEMENT

गरिव देशका भिभिआइपीका लागि भनिएको अत्यन्तै महंगो हेलिकप्टर नेपाल आइपुगेको छ ।

बहुचर्चित र बहुविवादास्पद हेलिकप्टर बिहीबार नेपाल आएपछि त्यसमा के हुन्छ भन्ने चासो बढेको छ ।

इटालीमा बनेको उक्त हेलिकोप्टरमा अत्यधुनिक सुविधानसम्पन्‍न सिट छन् । भाइब्रेशनन र साउण्डप्रुफ सुविधा रहेको उक्त हेलिकोप्टर पहिलोपटक नेपालमा ल्याइएको हो । 

उच्च हिमाली एवं पहाडी क्षेत्रमा उडानका लागि पनि यो हेलिकप्टर सुरक्षित मानिन्छ । 

गरिव मुलुकमा राष्ट्रपतिका लागि महंगो हेलिकप्टर किनेको भन्दै यसअघि यो कदमको चर्को विरोध भएको थियो । तर विरोधका बीच यो कदमले पूर्णता पाएरै छोडेको छ ।

१४ मिलियन युरो अर्थात करिव डेढ अर्ब रुपैयाँ परेको सो हेलिकप्टर अत्यधुनिक प्रविधि जडित हुन्छ । हेलिकप्टर इटलीबाट उडेरै नेपाल आएको हो । 

उडेको १८ दिनमा ४६ घण्टा उडेर हेलिक्पटर नेपाल आइपुगेको थियो । इटालीबाट ग्रीस, इजिप्ट, दुबई, बहराइन, ओमान, पाकिस्तान, भारत हुँदै उक्त हेलिकोप्टर काठमाडौं आइपुगेको हो ।  

नेपाली सेनाले झिकाएको हेलिकप्टर उसकै रेखदेख र संचालनमा हुने छ । हेलिकप्टर विमानस्थलस्थित नेपाली सेनाको हवाइ अड्डामा राखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि