जेठ ०५, २०८१, शनिबार
               

६३४ जनालाई पदक, २ जनालाई महाउज्जवल राष्ट्रदीप

नेपाल फ्ल्यास
असोज ०३, २०७६

ADVERTISEMENT

सरकारले ६ सय ३४ जनालाई मानपदवी, अलंकार र पदक प्रदान गरेको छ । 

संविधान दिवसको अवसर पारेर  ४ सय ५० जनालाई मानपदवी प्रदान गर्ने भएको हो भने अलंकार प्राप्त गर्नेमा १५६ जना छन् । त्यस्तै विभिन्न पदकबाट २८ जनालाई विभूषित गरिएको छ । 

महाउज्वजल राष्ट्रदीप स्वर्गीय मदनमणि दीक्षित र रविन्द्रप्रसाद अधिकारीलाई मरोणोपरान्त प्रदान गरिएको छ ।  

सुप्रसिद्ध प्रबल जनसेवाश्री सात जनालाई दिइएको छ । जसअनुसार प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबरा, प्रधानमन्त्री केपी ओलीका निजी चिकित्सक दिव्या सिंह शाह, स्वर्गीय आङ छिरिङ शेर्पासहित चार विदेशी रहेका छन् । प्रधानमन्त्री ओलीको उपचार गर्ने सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालका डाक्टर एक जना र ३ जना भारतीयल यो पदक पाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि