जेठ ०५, २०८१, शनिबार
               

बनाउनेहरूबाटै संविधानमाथि आक्रमण

नेपाल फ्ल्यास
असोज ०३, २०७६

ADVERTISEMENT

संविधान दिवस भव्य बनाउन तामझाम चलिरहेका बेला प्रधानमन्त्री केपी ओलीले बुधबार सिंहदबारबाट ‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खतरा आए बघिनीको जस्तो भूमिकामा उत्रिने बताए । 

ठीक तीन महिनाअघि उनले संसद्मा विपक्षी कांग्रेसले सम्बोधन गर्न रोकेपछि पत्रकार सम्मेलन गर्दै संविधानका तीनवटा मूल विशेषता गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि आक्रमण हुन थालेको अभिव्यक्ति दिएका थिए ।

उनले भनेका थिए, ‘आज लोकतन्त्र, गणतन्त्र, संघीयता र जनताको सार्वभौमसत्ताविरुद्ध अलोकतान्त्रिक शक्तिहरूको मोर्चाबन्दी स्पष्ट ढंगले देखिएको छ । घोर दक्षिणदेखि घोर वामपन्थीसमेत एकजुट भएका छन् ।’

प्रधानमन्त्री ओलीकै जस्तो अभिव्यक्ति सत्तारूढ दल नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबाट पनि बेला–बेला आउने गरेको छ । गत वैशाख २४ मा उनको यस्तो अभिव्यक्ति संसद्मै रेकर्ड भएको छ । 

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उनले भनेका थिए, ‘फेरि पनि लोकतन्त्रमाथि खतरा आउनेछ ।’ दाहालले आन्दोलनबाट प्राप्त उपलब्धिलाई एक दशकभन्दा बढी रक्षा गर्न नसकेको विगतसमेत स्मरण गरेका थिए ।

संविधान कार्यान्वयनको मुख्य दायित्व बोकेका प्रधानमन्त्री र सत्तारूढ दलका अध्यक्षबाटै किन यस्ता अभिव्यक्ति आइरहेका छन् ? संविधान र त्यसले संस्थागत गरेका उपलब्धिमाथि चार वर्षमै खतराको घण्टी बजेको हो ? 

कोबाट छ संविधानमाथि खतरा ? यस्ता प्रश्नको जवाफ संविधान जारी गर्ने शक्तिहरूतर्फ सोझिन्छ ।

‘यो संविधानमाथि खतरा छ भने जसले बनाए र जसले स्वामित्व लिनुपर्ने हो, तिनीहरूबाटै छ,’ पूर्वप्रशासक भोजराज पोखरेलले भने, ‘जुन खालको सुशासनको अपेक्षा गरिएको थियो, त्यो हुन सकेको छैन । शासकीय प्रवृत्तिमा परिवर्तन आएको छैन । शासन गर्नेहरूको यही शैली संविधानका लागि मुख्य खतरा हो ।’

संविधानले स्थिरखाले शासकीय अभ्यासको परिकल्पना गरेको थियो । त्यसअनुसार तीन तहका संरचना बनेका छन् । केन्द्र र ६ वटा प्रदेशमा एउटै पार्टी दुई तिहाइ बहुमतका सरकार छन् । ७५३ स्थानीय सरकारमध्ये ४ सयभन्दा बढी एउटै पार्टीको नेतृत्वका सरकार छन् । सबै सरकार पाँच वर्ष टिक्ने सुनिश्चित छ । यस्तो अवस्थामा भटाभट जनसरोकारका काम गर्न राजनीतिक नेतृत्वलाई बाधा छैन तर खास काम भएको छैन । आजको कान्तिपुर दैनिकमा यो समाचार दुर्गा खनालले लेखेका हुन् ।

‘दुई तिहाइको सरकारले उपलब्धिमूलक काम गर्न सकेको छैन, आफूले काम गर्न नसकेको कुराबाट ध्यान अन्यत्र मोड्न संविधानका उपलब्धि खतरामा छन् भनेर चित्रण गर्न खोजिएको हो,’ राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भने ।


कस्तो लाग्यो ?

यो पनि