जेठ ०८, २०८१, मंगलबार
               

प्रधानमन्त्रीले भने : लोकतन्त्रविरुद्ध खतरा सिर्जना गर्न खोजिँदै छ

नेपाल फ्ल्यास
असोज ०१, २०७६

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न पक्षबाट लोकतन्त्रविरुद्ध खतरा सिर्जना गर्न खोजिएको बताएका छन् ।

सिंहदरबारमा संसद भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रमाथि खतराको प्रयास भइरहेको बताएका हुन् ।

यसअघि ओलीले संविधान जोगाउन भन्दै सर्वदलीय बैठक बोलाएका थिए । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमण आउनु दुई दिनअघिमात्रै त्यस्तै बैठक बोलाउनुलाई राजनीतिक फाँटमा अर्थपूर्ण रुपमा लिइएको थियो ।

बुधबार संसद भवनको शिलान्यसमा उनले लोकतन्त्र गुमिहाल्ने अवस्था बनिनसकेको तर प्रयास भने भइरहेको बताए । कसले त्यस्तो प्रयास गरिरहेको छ भनेर उनले स्पष्ट पारेनन् ।

एक महिनाअघि प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार राजन भट्टराईले सामाजिक संजालमा देशी तथा विदेशीहरुबाट लोकतन्त्रविरोधी गतिविधि भइरहेको जनाएका थिए । त्यतिखेल उनको आलोचना पनि भएको थियो ।

प्रधानमन्त्रीले आफूलाई बघिनी अर्थात माउ र लोकतन्त्रलाई बच्चा अर्थात डमरुको संज्ञा पनि दिए । उनले भने- 'डमरुमाथि खतरा नभएसम्म बघिनीले केही गर्दिन । तर डमरुमाथि खतरा परे बघिनीले छोड्दिन ।'

उनले लोकतन्त्रमाथि खतरा भए सरकार चुप लागेर नबस्ने बताए ।

उनले नेपाली समाजमा हिंसाका लागि स्थान नभएको र अहिले केही हिंसात्मक प्रयास भए पनि ती क्षणिक वितण्डा मात्रै रहेको बताए ।

सरकारमाथि भ्रष्टाचार नियन्त्रणबारे पनि प्रश्न उठिरहदा प्रधानमन्त्री ओलीले भने नयाँ संसद भवनमा भ्रष्टाचारको विषयमा छलफल गर्नु नपर्ने अवस्था आउने ठोकुवा गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि