जेठ ०८, २०८१, मंगलबार
               

नेताले सँधैजसो गराउँछन् जहाज ढिलो

नेपाल फ्ल्यास
असोज ०१, २०७६

ADVERTISEMENT

शक्तिअनुसार प्रहरीका एसपीदेखि जनताबाट निर्वाचित मेयर, सांसद, मन्त्री हुँदै राष्ट्रपतिसम्मले जहाज डिले गराउँछन् ।

हवाई सेवा प्रदायक कम्पनीका बीचमा जनप्रतिनिधिमध्ये उपप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र कांगे्रस संसदीय दलका उपनेता विजय गच्छदार जहाज डिले गराउनमा सबैभन्दा धेरै बदनाम छन् ।

नयाँ पत्रिका दैनिकका अनुसार दुबैजनाले विराटनगर र जनकपुर विमानस्थलमा विमान धेरै पर्खाएका छन् ।

यादवले त ८ साउन ०७५ मा अन्तर्राष्ट्रिय उडान नै ४५ मिनेट रोकाएका थिए । 

थाइल्याण्ड जाने तयारीमा रहेका उनले हतारहतार पासपोर्ट बनाएर विमानस्थ पुग्दा ४५ मिनेट ढिलो भएको थियो ।

थाई एयरको विमानले उनलाई पर्खदा त्यसमा रहेका बैँकक ट्रान्जिट भएका कयौँ यात्रीको अर्को विमान छुटेको थियो ।


कस्तो लाग्यो ?

यो पनि