जेठ ०८, २०८१, मंगलबार
               

माधव नेपालले के गर्लान अब ?

नेपाल फ्ल्यास
भदौ ३१, २०७६

ADVERTISEMENT

भदौ ५ मा सिंगापुरमा उपचारका लागि प्रस्थान गर्नुअघि अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष प्रचण्डलाई बैठक सञ्चालनको अधिकार दिएका थिए ।

तर, प्रचण्डलाई त्यस्तो अधिकार दिने कि नदिने भन्ने विषयमा सचिवालय बैठकको औपचारिक निर्णय छैन ।

‘एक व्यक्तिः एक जिम्मेबारी’ को नीति लागू हुनुपर्ने मागसहित माधब नेपालले नोट अफ डिसेन्ट नै लेखेका कराण आगामी स्थायी समिति र केन्द्रीय कमिटी बैठकमा त्यस्तो एजेण्डा बनाउँदा उनी प्रचण्डलाई कार्यकारी अधिकारसहित अध्यक्ष बनाउनुपर्ने पक्षमा उभिनेछन् ।

यद्यपी पछिल्लो बैठकयता उनले यसबारे सार्वजनिक टिप्पणी गरेका छैनन् ।

त्यसैगरी नेता नेपाल झलनाथ खनाललाई दिइएको माथिल्लो बरियता स्वीकार गर्ने र बामदेव गौतमलाई उपाध्यक्ष बनाए मौन बस्ने रणनीतिमा छन् ।

त्यसैगरी साविक एमालेका तीन उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावललाई सचिवालयमा ल्याउनु पर्ने अडानमा रहने छ ।

४५ सदस्यीय स्थायी समितिमा नेपाल पक्षका १२ जना छन्। त्यसैगरी ४४१ सदस्यीय केन्द्रीय समितिमा १०६, १७५ सदस्यीय संसदीय दलमा ४०, ४२ सदस्यीय प्रदेश पदाधिकारीमा नेपाल पक्षका ६ जना छन्।

त्यसैगरी दुईसय ३६ जिल्ला इन्चार्ज र सहइन्चार्जमा ६१, जिल्ला अध्यक्षमा १८ र सचिवमा २२ जना नेपाल पक्षका छन्।

स्थायी समितिमा नेपाल पक्षीय नेताको संख्या ओली बराबर छ।


कस्तो लाग्यो ?

यो पनि