जेठ ०८, २०८१, मंगलबार
               

इन्द्रजात्रामा राजाको माग भइरहँदा पूर्वराजा कहाँ ?

नेपाल फ्ल्यास
भदौ ३०, २०७६

ADVERTISEMENT

काटठमाडौंको बसन्तपुरमा इन्द्रराजाको अवलोकनका दिन राष्ट्रपति होइन राजा चाहियो भने माग गरियो ।

राष्ट्रपतिको विरोधमा प्रदर्शनको तयारीमा रहेका ८० जनाभन्दा बढीलाई पक्राउ गरियो । २४८ थान कालो टिसर्ट पनि प्रहरीले बरामद गर्‍यो ।

यो भइरहँदा पूर्वराजा भने कहाँ छन् त ? देशभित्र इन्द्रजात्रामा राजा चाहियो भन्ने आवाज उठिरहँदा पूर्वराजा ज्ञानेन्द्र शाह भने सिंगापुरमा रहेको थाहा भएको छ ।

पूर्वराजा कोमल शाहको स्वास्थ्य उपचारका लागि पूर्वराजा सिंगापुरमा रहेको बताइएको छ । राजाका बालखसा प्रमु सम्मेर राणासँगै पूर्वराजपरिवारका अधिकांश सदस्य सिंगापुरमा रहेका छन् ।

पूर्वयुवराज्ञी हिमानी पनि यतिबेला सिंगापुरमै छिन् । त्यस्तै पूर्व नवयुवराज हृदयन्द्रसमेत सिंगापुरमै छन् ।

पूर्वराजा ज्ञानेन्द्र एक साताअघि नै नेपाल फर्किने भने पनि पटकपटक समय तालीका सर्दैआएको छ । कतिपयले पूर्वराजाले त्यहाँ भारत तथा चिनियाँ अधिकारीहरुसँग भेटेको दाबी पनि गरेका छन् । तर यसको भरपर्दो तथ्य फेला परेको छैन ।

एक जना राजतन्त्र फर्किनुपर्छ भन्ने कानुन व्यवसायीले सिंगापुरमै पूर्वराजा र कांग्रेस महामन्त्री शंशाक कोइरालाबीच भेटघाट भएको दाबी गरे पनि त्यसको पनि स्वतन्त्र पुष्टि भएको छैन ।

पूर्वराजा ज्ञानेन्द्रले नेपालभित्रैबाट हुने परिवर्तन वा सहमतिलाई मात्र जोड दिने गरेको देखिन्छ । राजा निकटहरु विदेशीसँग भेटघाट भएको स्वीर्दैनन् । एक महिना अघि भारतीय खुफिया संस्था रअका प्रमुख सामन्त गोयलले पूर्वराजालाई भेटेको समाचार पूर्वराजाको सचिवालयले खण्डन गरेको थियो ।

रअका प्रमुखले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको आधारहरु पाइए पनि सरकारका प्रवक्ता गोकुल बास्कोटाले त्यसलाई अस्वीकार गरेका थिए । रअ प्रमुखले पूर्वप्रधानमन्त्री एवं नेकपामा अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतलाई भेटेका थिए ।


कस्तो लाग्यो ?

यो पनि