जेठ ०८, २०८१, मंगलबार
               

देउवाको जिल्लामा जल्यो ओली-प्रचण्डको पुत्ला !

नेपाल फ्ल्यास
भदौ २९, २०७६

ADVERTISEMENT

सरकारले आलोचना सुन्न सक्ने क्षमता गुमाउँदै गएको छ । यो देशमा सबैभन्दा बढी कालोझण्डा देखाउने तत्कालीन एमाले थियो र कालोझण्डाको सामना गर्ने संभवत गिरिजाप्रसाद कोइराला थिए ।

गिरिजाले कालोझण्डालाई धेरै हदसम्म सहज रुपमा लिने गरेका थिए । तर तिनै गिरिजाको उपप्रधानमन्त्री भएर बसेका केपी शर्मा ओलीले आफ्नो पालामा कालोझण्डा देख्नै नहुने भएको छ । शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार खोसिँदै गएको छ । प्रेस स्वतन्त्रतामा कटौतीको प्रयास भइरहेको छ । अभिव्यक्ति स्वतन्त्रतामा कडाइ हुन थालेको छ ।

तर यति नै बेला प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला आइतबार दहन भएको छ । त्यो पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा ।

प्रधानमन्त्री ओली र सरकारविरुद्ध चर्को नाराबाजी भयो ।  भ्रष्ट सरकार मुर्दावाद भनियो । त्यतिमात्र होइन सँगसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि पुत्ला जल्यो ।

कांग्रेस डडेल्धुराले प्रधानमन्त्री ओलीविरुद्ध सदरमुकाम बागबजारमा नाराबाजी गर्दै पुत्ला दहन गरेको हो । 
सदरमुकामको भीमदत्त चोकमा प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष दाहालको पुत्ला जलाइएको हो ।

कांग्रेसले जागरण अभियानका क्रममा बाँकेमा नेकपा कार्यकर्ताले आक्रमण गरेको विरोधमा पुत्ला जलाइएको जानकारी कांग्रे डडेल्धुराका सभापति कर्णबहादुर मल्लले जानकारी दिए ।

त्यसक्रममा कांग्रेस कार्यकर्ताहरुले जुनसुकै ठाउँमा लडन नेकपा कार्यकर्ताहरुलाई चुनौती दिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि