जेठ ०८, २०८१, मंगलबार
               

राप्रपा संयुक्तद्वारा शिवसेनाका अध्यक्ष बस्नेतको रिहाइको माग

नेपाल फ्ल्यास
भदौ २९, २०७६

ADVERTISEMENT

राप्रपा संयुक्तले शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतको तत्काल रिहाइको माग गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी इन्द्रजात्रामा सहभागी हुँदा कालोझण्डा देखाएका कारण उनलाई प्रहरीले पक्राउ गरेको थियो । शुक्रबार पक्राउ परेका बस्नेतलाई अझै रिहा गरिएको छैन । 

राप्रपा संयुक्तका प्रवक्ता रविन चाम्लिङद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा इन्द्रजात्रा हेर्न गएका शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ गरी हिरासतमा राखिएकोमा तत्काल रिहा गर्न माग गरिएको छ ।

राप्रपा संयुक्तले बस्नेतमाथि प्रहरी हिरासतमा चरम यातना दिइएको उल्लेख गरेको छ । उसले सरकारले संविधानले प्रदत्त हकअधिकार कुण्ठित बनाएको आरोप लगाएको छ।

राप्रपा संयुक्तले संविधान तथा मानवअधिकार विरोधी काम नगर्न सरकारलाई आग्रह गर्दै बस्नेतसहित सबै गिरफ्तार व्यक्तिलाई छोड्न माग गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि