जेठ ०८, २०८१, मंगलबार
               

भ्रष्टाचारविरोधी अभियन्ता शाहीमाथि हातपात, शाही प्रहरी नियन्त्रणमा

नेपाल फ्ल्यास
भदौ २९, २०७६

ADVERTISEMENT

भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीमाथि हातपात भएपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्यटनमन्त्री योगेश भट्टराईलाई शनिबार नेपालगन्जबाट काठमाडौं फर्कने क्रममा दुर्व्यवहार गरेको भन्दै शाहीमाथि थप सांघातिक हमलाको आशंकामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नेपालगन्जबाट बुद्ध एयरको विमान चढेर काठामडौं फर्कने क्रममा शाहीसँगै रहेका युवाले पर्यटनमन्त्री भट्टराईलाई दुर्व्यवहार गरेको आरोप लागेको छ । सोही कारण नेकपा निकट युवा तथा विद्यार्थीहरुले शाहीमाथि आक्रमणको धम्की दिएका छन् ।

संभावित आक्रमणबाट जोगाउन भन्दै शाहीलाई नियन्त्रणमा लिएर जावलाखेलमा राखिएको छ ।

के भएको थियो ?

पुल्चोकमा नेपालका लागि नेपालीको कार्यालयमा आइतबार पत्रकार सम्मेलन भइरहेको थियो । एक जनाले प्रश्न गरे- तपाईँको नाम ज्ञानबहादुर शाहीले किन ज्ञानेन्द्र शाही लेखेको ?

उनले प्रतिप्रश्न गरे- पुष्पकमल दाहालले किन प्रचण्ड लेखको ?

त्यसपछि ज्ञानेन्द्र शाहीले उनलाई तपाईँ कुन सञ्चारमाध्यमबाट आएको भनी प्रश्न गरे । त्यसलगत्तै त्यहाँ उपस्थित केही व्यक्तिहरुले हातपात गरे । तत्कालै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि