जेठ ०८, २०८१, मंगलबार
               

शिवसेनाले अध्यक्ष पक्राउको विरोधमा पत्रकार सम्मेलन गर्दै, आन्दोलन घोषणाको संभावना

नेपाल फ्ल्यास
भदौ २९, २०७६

ADVERTISEMENT

राष्ट्रपति विद्यादेवी भण्डारीलाई कालोझण्डा देखाएको आरोपमा पक्राउ परेका शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले रिहा गरेको छैन ।

शुक्रबार पक्राउ गरे पनि अझै रिहा नगरेपछि शिवसेना नेपालले आन्दोलनको तयारी गरेको छ ।

शिवसेना नेपालले आज पत्रकार सम्मेलन गर्दै आगामी कार्यक्रम सार्वजनिक गर्ने त्यसका प्रवक्ता बसन्त विक्रम पाण्डेले जानकारी दिए ।

शिवसेना नेपालले आफ्ना अध्यक्ष अनिल बस्नेतलाई बिना सर्त रिहा गर्न शनिबार नै माग गरेको थियो । त्यसो नगरे सशक्त आन्दोलन गर्ने चेतावनी पनि उसले दिइसकेको थियो ।

शिवसेनाका प्रवक्ता बसन्त विक्रम पाण्डेले अध्यक्ष बस्नेतलाई रिहा नगरे सरकारले गम्भीर भुल गरेको टिप्पणी गरेका छन् । उनले सरकारलाई आगोसँग नखेल्न चेतावनी दिएका छन् ।

अभिव्यक्ति स्वतन्त्रता मौलिक हकको रुपमा रहेको मुलुकमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाइने उनले बताए । आफ्ना अध्यक्षबाट कुनै पनि गैरकानुनी काम नभएको जिकिर प्रवक्ता पाण्डेले गरेका छन् ।

उनले अध्यक्ष बस्नेत तथा शिवसेनाका अरु कार्यकर्ताहरुबाट शान्त, शालीन र मर्यादित भएर विरोध प्रदर्शन भएको बताए । त्यस्तोमा सुरक्षाकर्मीलाई छेक्ने अधिकार भए पनि धरकपडक गर्नु गैरसंवैधानिक एवं अप्रजातान्त्रिक रहेको उनले बताए ।

शिवसेना नेपालका अध्यक्षलाई प्रहरी कार्यालय सोह्रखुट्टेमा राखिएको छ । शनिबार पनि उनलाई नछोडेपछि सरकार मुद्दा चलाउने तयारीमा पुगेको देखिन्छ ।


कस्तो लाग्यो ?

यो पनि