जेठ ०८, २०८१, मंगलबार
               

अध्यक्ष अनिल बस्नेतलाई रिहा नगरे सशक्त आन्दोलन : शिवसेना नेपाल

नेपाल फ्ल्यास
भदौ २८, २०७६

फाइल फोटो
ADVERTISEMENT

शिवसेना नेपालले आफ्ना अध्यक्ष अनिल बस्नेतलाई बिना सर्त रिहा नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

शिवसेनाका प्रवक्ता बसन्त विक्रम पाण्डेले आफ्ना अध्यक्षको तत्काल रिहाइको माग गरेका हुन् । शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाइने हक सरकारले कुण्ठित गरेको भन्दै आफ्ना अध्यक्षको कदम एकदमै सभ्य प्रकारको र शालीन एवं मर्यादित ढंगबाट असहमति प्रकट गरिएको जनाएका छन् । 

शान्तिपूर्वक अहसति जनाउँदा पनि आफ्ना अध्यक्षलाई गिरफ्तार गरेर सरकारले आगोसँग खेल्ने काम गरेको प्रतिक्रिया उनले दिएका छन् ।

प्रवक्ता पाण्डेले तत्काल अध्यक्ष बस्नेतलाई रिहा नगरे सशक्त संघर्षको आँधीबेहरी सिर्जना गर्ने बताए ।

राष्ट्रपतिलाई कालोझण्डा देखाउने शिवसेना नेपालका अध्यक्षलाई सोह्रखुट्टेस्थित प्रहरी कार्यालयमा राखिएको छ ।

सरकारले उनविरुद्ध छोड्ने कि मुद्दा चलाउने भन्नेबारे स्पष्ट गरेको छैन । शनिबार मध्यान्नसम्म प्रहरी अधिकारीहरुले हाललाई यथास्थितिमा राख्नु भन्ने आदेशमात्रै दिएका छन् ।

सरकारले बस्नेतलाई नछोडे संभावित आन्दोलन चर्कन सक्ने विश्लेषण पनि सुरक्षा अधिकारीहरुको कतिपयको छ । 


कस्तो लाग्यो ?

यो पनि