जेठ ०८, २०८१, मंगलबार
               

कहाँ राखिएको छ राष्ट्रपतिलाई कालोझण्डा देखाउने अनिल बस्नेतलाई ?

नेपाल फ्ल्यास
भदौ २८, २०७६

ADVERTISEMENT

राष्ट्रपतिलाई कालोझण्डा देखाउने शिवसेना नेपालका अध्यक्षलाई गएरातिदेखि प्रहरी कार्यालय सोह्रखुट्टेमा राखिएको छ ।

सरकारले उनविरुद्ध छोड्ने कि मुद्दा चलाउने भन्नेबारे स्पष्ट गरेको छैन । आज शनिबार सार्वजनिक विदा भएकोले उनलाई अदालत वा मुद्दा हेर्ने अधिकारीसमक्ष पेश गर्ने संभावना छैन ।

शनिबार मध्यान्नसम्म प्रहरी अधिकारीहरुले हाललाई यथास्थितिमा राख्नु भन्ने आदेशमात्रै दिएका छन् ।

यो पनि

मुद्दा चलाएर जिल्ला अदालतमा पेश गर्दा कानुनत शान्तिपूर्ण प्रदर्शन गर्न पाइने भएकोले अदालतबाट तत्काल छुट्ने सरकारले बुझेको छ । सरकारले दुख दिन चाहेमा सार्वजनिक अपराधमा मुद्दा चलाउने छ । त्यो मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने भएकोले सरकारले चाहेअनुसार सजाय वा कारवाही गर्न सकिने छ ।

सरकारले बस्नेतलाई नछोडे संभावित आन्दोलन चर्कन सक्ने विश्लेषण पनि सुरक्षा अधिकारीहरुको कतिपयको छ । 

शिवसेना नेपालका अध्यक्ष बस्नेतलाई सोह्रखुट्टेमा राखिए पनि छ भने केहीलाई सोही प्रहरी कार्यालयमा राखिएको छ । शिवसेनाका ६ जना प्रहरी हिरासतमा रहेको बताइएको छ । त्यसमध्ये केहीलाई दरबारमार्गमा राखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि