जेठ ०८, २०८१, मंगलबार
               

को हुन् अनिल बस्नेत ? किन देखाए राष्ट्रपतिलाई कालो झण्डा ?

नेपाल फ्ल्यास
भदौ २८, २०७६

फाइल फोटो
ADVERTISEMENT

राष्ट्रपति विद्यादेवी भण्डारीलाई इन्द्रजात्रा अवलोकनका क्रममा बसन्तपुर क्षेत्रमा कालो झण्डा देखाइयो ।

कालो झण्डा देखाउने अनिल बस्नेत पक्राउ परे । राष्ट्रपति आउनु अवागै ८० जना पक्राउ परिसकेका थिए । २४८ वटा कालो टिसर्ट पनि बरामद गरिएको थियो ।

कडा सुरक्षाबीच पनि कालो झण्डा देखाउने बस्नेत को हुन् ? उनको सजिलो परिचय हो शिवसेना नेपालका अध्यक्ष ।

हो उनी एक दशकयता शिवसेना नेपालको अध्यक्ष छन् । राजा, हिन्दु राष्ट्र र अखण्ड नेपाल उसको मुल मन्त्र हो ।

शिवसेना नेपालका अध्यक्ष बस्नेतलाई दाह्री  तथा लुक्सले सरसर्ती हेर्दा धेरैले असामान्य र अस्वभाविक ठान्छन् । तर उनी सामान्य र सरल छन् । मदिरा एवं सूर्तिजन्यबस्तु सेवन गर्दैनन् । 

राजधानीको कपन निवासी उनी सादा भोजन सेवन गर्दछन् । धर्ममा उनको विश्वास असाध्यै छ । कुनै महत्वपूर्ण काम गर्दा सहकर्मीसँग आराध्यदेव पशुपतिनाथमा गएर शपथ खाने गर्दछन् ।

अध्यक्ष बस्नेत र शिवसेनाका केही अगुवाहरु पूर्वराजा मुलुकभित्र भ्रमणमा जाँदा सँगसँगै पुग्ने गर्दछन् । त्यसक्रममा उनीहरुको बसाइ तथा खुवाइ अत्यन्तै सादा र सरल हुने गर्दछ । 

अनिल बस्नेतको पुर्ख्यौली घर विराटनगर हो । कुनै समय उनी अधिराजकुमारी प्रेक्षासँग निकट रहेको जानकारहरु बताउँछन् । अहिले राजपरिवारका सबै सदस्यहरुसँग उनी परिचित छन् ।

शिवसेना नेपालका अध्यक्ष बस्नेतको भारतीय हिन्दुवादी संस्थाहरुसँग सम्बन्ध रहेको बताइन्छ । खासगरी मुम्बइको प्रभावशाली शिवसेनासँग उनको मित्रवत सम्बन्ध रहेको उनी निकटले जानकारी दिएका छन् ।

राजाको एजेण्डा उठाउँदै आएको शिवसेनाले राष्ट्रपतिलाई कालोझण्डा देखाएको हो । शिवसेनाले हिन्दु संस्कृति मास्ने गरी गुठी विधेयक ल्याउँदा राष्ट्रपति मौन रहेकोमा आपत्ति जनाएको हो ।

यो पनि हेर्नुहोस्

राष्ट्रपतिलाई कालो झण्डा देखाइयो

अत्यन्तै कडा सुरक्षा व्यवस्था र पूर्व सूचनाका बीच राष्ट्रपति विद्या भण्डारीलाई आज शुक्रबार कालो झण्डा देखाइएको छ ।

इन्दजात्राको अवलोकन गर्न बसन्तपुर पुगेकी राष्ट्रपतिलाई शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतले कालोझण्डा देखाएका हुन् ।

बस्नेतलाई तत्कालै प्रहरीले गिरफ्तार गरेको थियो । राष्ट्रपति कडा सुरक्षाबीच बसन्तपुर पुगेको थिइन् । त्यसअघि प्रहरीले विरोध प्रदर्शनको सूचना पाएर ८० जनालाई नियन्त्रणमा लिएको थियो । 

त्यसक्रममा २ सय ४८ वटा कालो टिसर्ट प्रहरीले खोसेको थियो । प्रदर्शनकारीले कालो टिसर्ट लगाएर विरोध गर्ने तयारी गरेका थिए । राष्ट्रपति त्यहाँ पुग्नुअघि राष्ट्रपति होइन, इन्द्रजात्रामा राजा चाहियो भन्दै नाराबाजी पनि भएको थियो ।

प्रदर्शनकारीहरुले सरकारले गुठी विधेयकमार्फत धर्म संस्कृनि मास्न लागेको र राष्ट्रपति मौन बसेर त्यसलाई साथ दिएको आरोप लगाएका छन् ।

पक्राउ परेका बस्नेतलाई भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा राखिएको छ । दिउसो पक्राउ परेकाहरुमध्ये कतिपयलाई प्रहरीले छोडिसकेको छ । बस्नेतलाई भने छोड्नेबारे टुंगो लागेको छैन । 

इन्द्रजात्रामा राष्ट्रपति होइन, राजाको माग

यस वर्षको इन्द्रजात्रा संभवत इतिहासकै सबैभन्दा तनावपूर्ण रुपमा बित्यो । इन्द्रजात्रामा राष्ट्रपति होइन राजा चाहिन्छ भन्ने मागसमेत उठ्यो ।

गुठी विधेयकले नेपाली धर्म संस्कृति बिगार्न खोजेको भन्दै त्यसविरुद्ध राष्ट्रपति विद्यादेवी भण्डारीको साथ नपाएको भन्दै विरोध गरिएको हो ।

सोही कारण आज शुकबार इतिहासमै सबैभन्दा कडा सुरक्षा व्यवस्थाबीच इन्द्रजात्रा मनाइएको छ । राष्ट्रपति आउँदा विरोध प्रदर्शन हुने सूचना सुरक्षा निकायले पहिले नै पाइसकेको थियो । त्यसैले सतर्क अवस्थामा रहेको प्रहरीले २४८ थाल कालो टिसर्टसमेत बरामद गरेको थियो । राष्ट्रपति आउनु केही समयअघिमात्र त्यो बरामद गरिएको थियो ।

राष्ट्रपतिले कडा सुरक्षा पहराबीच इन्द्रजात्राको अबलोकन गरिन् । राजा चाहिने माग गर्दै काठमाडौंको भूगोलपार्कमा प्रदर्शन भएको थियो । आजै भष्ट्राचार विरोधी अभियान समूहले दिउँसो १ बजे बसन्तपुरस्थित भुगोलपार्कमा कार्यक्रम राखेकोले पनि स्थिति भडकिन सक्ने अनुमान सुरक्षा अधिकारीहरुले गरेका थिए ।

इन्द्रजात्रामा राष्ट्रपति होइन, राजा जानुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका पूर्वडीआईजी विजय भट्ट पनि पक्राउ परेका छन् । उनीसहित ३५ जना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पाँच जना महिला छन् । उनीहरुलाई नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा राखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि