जेठ ०८, २०८१, मंगलबार
               

राष्ट्रपतिलाई कालो झण्डा देखाइयो

नेपाल फ्ल्यास
भदौ २७, २०७६

ADVERTISEMENT

अत्यन्तै कडा सुरक्षा व्यवस्था र पूर्व सूचनाका बीच राष्ट्रपति विद्या भण्डारीलाई आज शुक्रबार कालो झण्डा देखाइएको छ ।

इन्दजात्राको अवलोकन गर्न बसन्तपुर पुगेकी राष्ट्रपतिलाई शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतले कालोझण्डा देखाएका हुन् ।

बस्नेतलाई तत्कालै प्रहरीले गिरफ्तार गरेको थियो । राष्ट्रपति कडा सुरक्षाबीच बसन्तपुर पुगेको थिइन । त्यसअघि प्रहरीले विरोध प्रदर्शनको सूचना पाएर ८० जनालाई नियन्त्रणमा लिएको थियो । 

त्यसक्रममा २ सय ४८ वटा कालो टिसर्ट प्रहरीले खोसेको थियो । प्रदर्शनकारीले कालो टिसर्ट लगाएर विरोध गर्ने तयारी गरेका थिए । राष्ट्रपति त्यहाँ पुग्नुअघि राष्ट्रपति होइन, इन्द्रजात्रामा राजा चाहियो भन्दै नाराबाजी पनि भएको थियो ।

प्रदर्शनकारीहरुले सरकारले गुठी विधेयकमार्फत धर्म संस्कृनि मास्न लागेको र राष्ट्रपति मौन बसेर त्यसलाई साथ दिएको आरोप लगाएका छन् ।

पक्राउ परेका बस्नेतलाई भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा राखिएको छ । दिउसो पक्राउ परेकाहरुमध्ये कतिपयलाई प्रहरीले छोडिसकेको छ । बस्नेतलाई भने छोड्नेबारे टुंगो लागेको छैन । 


कस्तो लाग्यो ?

यो पनि