जेठ ०८, २०८१, मंगलबार
               

क्रिश्चियनका अगुवा नै राजा र हिन्दु राज्यको पक्षमा

नेपाल फ्ल्यास
भदौ २६, २०७६

ADVERTISEMENT

क्रिश्चियन धर्मका अगुवा डा. केबी रोकायाले नेपाल हिन्दु राज्य हुनुपर्ने मान्यता राखेका छन् ।

केही दिनअघि एक रेडियोलाई अन्तर्वार्ता दिँदै उनले नेपाल हिन्दु राज्य हुनुपर्नेमा जोड दिए ।

देशभर हिन्दु राष्ट्रको आवाज उठिरहँदा रोकायाले पुन एकपटक आफ्नो माग दोहोर्‍याएका हुन् ।

उनले सबै धर्मको रक्षाका लागि नेपाल हिन्दु राज्य हुन आवश्यक भएको तर्क गरेका छन् ।

उनले मुलुकको प्रगति र राष्ट्रिय एकताका लागि गणतन्त्र उचित नहुने मान्यता पनि राखेका छन् । उनले भने- 'नेपालमा अब कुनै न कुनै रुपको राजसंस्था आवश्यक छ । राष्ट्रिय एकता र अखण्डताका लागि राजा चाहिएको हो ।'

'धर्म निरपेक्षता र गणतन्त्र' नेपालीको एजेन्डा नभएको पनि उनले स्पष्ट पारेका छन् । बाहिरबाट लादिएको मुद्दाले मुलुकको भलो नहुने उनको ठम्याइ छ ।

राजतन्त्र र देशभित्रका सबै धर्मको रक्षाको लागि नेपालको सन्दर्भमा हिन्दू राज्य पुनर्स्थापना अपरिहार्य रहेको उनको मान्यता छ ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्यसमेत रहेका रोकाया राजा र धर्मको मुद्दामा पुनर्विचार नगरिए सबै धर्मको विनाश हुने र राष्ट्रिय अस्तित्वमा स‌ंकट आउन सक्ने निष्कर्षमा पुगेका छन् ।


कस्तो लाग्यो ?

यो पनि