जेठ ०८, २०८१, मंगलबार
               

एनसेल करछलीमा राप्रपाले संघर्ष गर्ने

नेपाल फ्ल्यास
भदौ २६, २०७६

ADVERTISEMENT

राप्रपाले एनसेल करछलीमा राष्ट्रलाई ४० अर्ब रुपैयाँ चलखेल भएको जनाएको छ ।

राप्रपा अध्यक्ष कमल थापाले ट्वीट गर्दै राष्ट्रलाई नोक्सानी पुर्‍याउने कदमविरुद्ध सदनदेखि सडकसम्म आवाज उठाउने चेतावनी दिएका हुन् ।

पूर्वउपप्रधानमन्त्री थापाले बिहीबार सर्वोच्च अदालतले पनि भ्रष्टाचारीलाई नै फाइदा पुर्‍याएको आरोप लगाएका छन् ।

उनले भनेका छन्, 'एनसेल करछली नेपालको हालसम्मको सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड हो । करिब ४० अर्बको चलखेल छ । यसबारे सर्वोच्च अदालतको पछिल्लो फैसलाले भ्रष्टाचारीलाई नै सघाउ पुर्‍यायो।'

चलखेलमा को को सहभागी छन् भनेर उनले उल्लेख गरेका छैनन् । अध्यक्ष थापाले संसद र जनताले नै यो मुद्दामा अन्तिम फैसला दिनुपर्ने धारणा सार्वजनिक गरेका छन् ।

उनले ट्वीटमा लेखेका छन्, 'अब संसद र जनता नै अन्तिम विकल्प हो। राप्रपाले यो भ्रष्टाचार काण्डबारे सदनदेखि सडकसम्म आवाज उठाउने छ।'

एनसेल करछलीमा सर्वोच्च अदालतले फैसलापछि संसदमा समेत प्रश्न उठ्दै आएको छ । कतिपय सांसदहरुले त न्यायाधीशहरुलाई महाअभियोग लगाउनसमेत माग गरेका छन् । सत्तासीन दल नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले सर्वोच्चले फैसला सच्याउनु पर्ने बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि