जेठ ०८, २०८१, मंगलबार
               

नेकपा सपथमा कार्यकर्ताको टाउको फुट्यो, नेता प्रहरीको संरक्षणमा

नेपाल फ्ल्यास
भदौ २४, २०७६

ADVERTISEMENT

सत्तासीन नेकपाको प्रदेश २ मा पने सप्तरी र सिरहाका पदाधिकारीहरुको सपथमा हातहालाहाल भएको छ ।

दुइ पक्षबीच कुटाकुट नै भएपछि आधा दर्जना घाइते भएका छन् भने एक जनाको टाउको फुटेको छ ।

प्रदेश २ का अध्यक्ष प्रभु साहले एकलौटी ढंगले पेलेको भन्दै कुटाकुट भएको हो ।

त्यसक्रममा अध्यक्ष साह र सचिव एवं सांसद सुमनराज प्याकुरेलमाथिसमेत हातपात भएको छ ।


सप्तरी र सिरहाको जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुको सथप तेस्रो जिल्ला महोत्तरीको बर्दिबासमा गरिएको थियो । दुवै जिल्लामा विवादका कारण स्थिति अप्रिय हुन सक्ने भएपछि सपथ नै तेस्रो जिल्लामा लगिएको थियो । सपथ बर्दिबास–१ मा पर्ने कभर्ड हलमा तय गरिएको थियो ।

जिल्ला कमिटी गठनलाई लिएर दुवै जिल्लामा चरम असन्तुष्टि हुँदैआएकोमा प्रदेश कमिटीले पेल्ने खोजेको आरोप असन्तुष्टहरुको छ ।

सपथ ग्रहण रोक्न गरेको माग अध्यक्ष साह र सचिव प्याकुरेलले बेवास्ता गर्दै कार्यक्रम अघि बढाएपछि आक्रोशित कार्यकर्ताहरुले कुस्ती तोडफोड, नारावाजी र हात हालाहाल गरेका हुन् ।

स्थिति चर्किएपछि दुवै नेतालाई सुरक्षा दिन प्रहरीलाई हम्मेहम्मे परेको थियो ।


कस्तो लाग्यो ?

यो पनि