जेठ ०८, २०८१, मंगलबार
               

झगडामा तगडा स्थानीय सरकारहरु, प्रमुख र उपप्रमुखबीच काटमार

नेपाल फ्ल्यास
भदौ २४, २०७६

ADVERTISEMENT

देशका अधिकांश स्थानीय तहमा प्रमुख र उपप्रमुखबीच काटमारको अवस्था छ ।

स्थानीय विकास र जनतालाई राहत दिनुपर्ने जनप्रतिनिधिबीच बोलचाल बन्द छ ।

सबै द्वन्द्वको कारण आर्थिक लाभसँग जोडिएको छ । धेरैजसोमा पैसा र केहीमा शक्ति तथा प्रतिष्ठा एवं नातागोतालाई जागिरका कारण प्रमुख र उपप्रमुखबीच विवाद देखिएको हो ।

जनप्रतिनिधिबीचको झगडाले सेवाग्राहीलाई समस्या पर्ने गरेको छ ।

धनुषा हंसपुर नगरपालिकाको विवाद भने कार्यालय सार्ने विषयमा हो । यही विवादमा झडप हुँदा एक जनाको मृत्युसमेत भएको छ ।

साउन २१ गते नगरपालिका कार्यालय सार्ने विषयमा प्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेणु झा पक्षबीच झडप हुँदा बघचौडाका ५७ वर्षीय तपेश्वर मण्डल गम्भीर घाइते भएका थिए । उपचारका क्रममा भदौ १८ गते मण्डलको मृत्यु भयो ।

देशका करिव ५० भन्दा बढी स्थानीय सरकारमा जनप्रतिनिधिहरुबीच तीब्र झगडा भएको र अन्य धेरैजसोमा मतभेद रहेको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि