जेठ ०८, २०८१, मंगलबार
               

१२ बुँदेमा भारतको हात थिएन ? माधव नेपाल किन ढाट्दै छन् ?

नेपाल फ्ल्यास
भदौ २३, २०७६

ADVERTISEMENT

नेपालमा संसदवादी दल र सशस्त्र विद्रोही माओवादीबीच सहमति गराउन भारतको कुनै हात नरहेको भनी नेकपा नेता माधवकुमार नेपाल किन भन्दै छन् ? किन सूर्यलाई हत्केलाले छेक्ने प्रयास गर्दै छन् ?

हुन सक्छ नेकपाको अहिलेको जनमत राष्ट्रवादको नारामा आएको हो । त्यो जनमतलाई आश्वस्त पार्न उनले यसो भनेका हुन सक्छन् ।

तर यो यथार्थलाई १२ बँदे समहतिमा भारतको साथ सहयोग र समर्थन रहेको यथार्थलाई ढाकछोप नगर्दा नै राम्रो ।

भारतको जासुसी संस्था रअका पूर्वविशेष निर्देशक अमर भूषणले निकालेको कितावमा नेपालमा रअले राजतन्त्र फ्याँके र त्यसक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई दलहरुसँग सहमतिमा पुर्‍याउन निकै मिहिनेत गर्नुपरेको उल्लेख छ । यो प्रसंगले नेपाली राजनीति तातिरहेको बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले सफेद झूठ बोलेका छन् ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजक्छेले १२ बँदे सहमतिको पहिलो ड्राफ्ट हिन्दीमा रहेको खुलासा यसअघि नै गरिसकेका छन् ।

नेपालका लागि पूर्व भारतीय राजदूतसमेत रहेका श्याम शरणले विदेश सचिवको रुपमा सात दल र माओवादीलाई १२ बुँदे सहमति गराउन खेलेको भूमिकाबारे आफ्नो पुस्तकमा स्पष्ट रुपमा खुलाएको हेक्का माधवकुमार नेपाललाई नभएको होइन । उनले श्याम शरणको पुस्तकका अंशबारे कही कतै खण्डन गरेको पनि पाइदैन ।

श्याम शरणको २०१७ मा प्रकाशित पुस्तक ‘हाउ इन्डिया सिज द वल्र्डः कौटिल्य टु द ट्वान्टी फस्र्ट सेन्चुरी’ मा रहेको ‘इन्डिया एन्ड नेपालः अ रिलेसनसीप अफ प्याराडक्स’ शीर्षकमा लेखिएको छ : 'सहमतिमा पुग्नका लागि सक्रियतापूर्वक प्रोत्साहित गर्ने निर्णय गरियो । यसैका आधारमा हाम्रा एजेन्सीहरुको सहजीकरणमा मूलधारका सात राजनीतिक दलहरुको गठबन्धन र माओवादीका बीचमा नियमित छलफल प्रारम्भ भयो । यसको परिणामस्वरुप निरंकुश राजतन्त्रका विरुद्ध लड्ने उद्देश्यसहित अन्ततः २००५ नोभेम्बर २२ का दिन दुबै पक्षले दिल्लीमा १२ बुँदे सहमतिमा हस्ताक्षर गरे ।' 

यी सबै यथार्थबाट पनि पनि माधवकुमार नेपाल विमुख छैनन् । र भन्दै छन्- १२ बुँदेमा भारतको हात छैन । भारतको साथ छैन ।

माधवकुमार नेपालले पत्रकार सुधीर शर्माको पुस्तक प्रयोगशाला पढेका छैनन् भनेर कसरी पत्याउने ? के ती सबै यावत पक्ष वाहियात हुन् । ती सबै पुस्तक झुठका पुलिन्दा हुन् । यो स्पष्ट पार्ने काम पनि नेपालकै काँधमा आएको छ ।


कस्तो लाग्यो ?

यो पनि