जेठ ०८, २०८१, मंगलबार
               

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण अर्थपूर्ण

नेपाल फ्ल्यास
भदौ २२, २०७६

ADVERTISEMENT

नेपालमा भएको राजनीतिक परिवर्तनपछिको अभ्यासप्रति सन्तुष्ट हुन सकिनरहँदा चिनियाँ विदेशमन्त्री वाङ यीले आज आइतबारदेखि नेपाल भ्रमण आउँदै छन् ।

विश्वकै शक्तिराष्ट्र चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण सामान्य होइन ।

चिनियाँ राष्ट्रपति सी जिङ पिङको संभावित नेपाल भ्रमणको चाँजोपाँजो मिलाउने भएकाले यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

त्यस्तै आगामी महिना भारत भ्रमणमा आउँदा चिनियाँ राष्ट्रपति नेपाल पनि आउने संभावना छ । उनी नेपाल नौ घण्टामात्र रहने सूचनाहरु बाहिरिएका छन् ।

सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच यसपटक हुने भेटघाटमा नेपाल पनि एजेण्डामा पर्ने बताइएको छ । यो क्षेत्रै शक्ति नेताको भेटले यस क्षेत्रमा नयाँ तरंग ल्याउने अनुमान अनुमान धेरैले गरेका छन् ।

यही मेसोमा चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणलाई अर्थपूर्ण मानिएको हो । यसबाहेक नेपाललाई चीनले गर्ने सहयोग तथा नेपालमा संचालित चिनियाँ परियोजनाबारे पनि छलफल हुने छ ।


कस्तो लाग्यो ?

यो पनि