संविधानविद् डा. भीमार्जुन आचार्यले ऋण गरेर संघीयता टिकाउन लागिएको भन्दै अहिलेको राज्यसत्ताको आलोचना गरेका छन् ।
मुलुकको भविष्यप्रति चासो र चिन्ता व्यक्त गर्दै आएका प्रखर वक्ता आचार्यले संघीयता कार्यान्वयनका लागि युरोपियन युनियनमा आवद्ध मुलुकले दिएको पैसाप्रति असहमित जनाएका हुन् ।
उनले शासन व्यवस्थाका लागि दुनियाँमा यस्तो व्यवस्था सायदै नभएको जनाएका छन् ।
वरिष्ठ अधिवक्ता आचार्यले हाम्रो अर्थ व्यवस्था र औकातले नभ्याएको संघीयता चलाउनै पर्ने बाध्यता के हो भनी प्रश्नसमेत गरेका छन् ।
उनले संघीयताका लागि ऋण तथा अनुदान लिने निर्णयले राष्ट्रको स्वाधीनता र स्वायत्तताविरुद्ध हुने आशयले सामाजिक संजालमा लेखेका छन् ।
संघीयता अभ्यासको चार वर्षमै मुलुक अप्ठेरोमा परिसकेकोले आगामी दिनमा मुलुकको हविगत के होला भनी उनले चिन्तासमेत गरेका छन् ।