मंसिर ०६, २०८१, बिहीबार
               

खुफियाले राजतन्त्र हटाएकोबारे स‌ंसदले छानबिन गर्नुपर्छ : कमल थापा

नेपाल फ्ल्यास
भदौ १९, २०७६

ADVERTISEMENT

राप्रपा अध्यक्ष कमल थापाले नेपालमा राजसंस्था हटाउन भारतीय खुफिया संस्था रअले भूमिका खेलेकोबारे पछिल्लो दिनमा आएका सामग्रीप्रति छानिबन गर्न माग गरेका छन् ।

भरतपुर विमानस्थलमा आज बिहीबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष थापाले नेपालमा राजतन्त्र अन्त्य गर्न भारतीय खुफिया एजेन्सीले तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई प्रयोग गरेको भनी आएका सामग्रीको छानबिन गर्न माग गरेका हुन् ।

दाहालको नाम नलिइकनै अध्यक्ष थापाले भनेका छन्- 'हिजो प्रधानमन्त्री भएका र भविष्यमा पनि प्रधानमन्त्री बन्न सक्ने मानिसलाई विदेशी खुफिया संस्थाले प्रयोग गरेछ । यो सामान्य विषय होइन । यो राष्ट्रिय सुरक्षा र प्रजातन्त्रको भविष्यको सन्दर्भमा अन्त्यन्त गम्भीर र संवेदनशील हो । यसबारे संसदले सर्वदलीय समिति गठन गरेर छानबिन गर्नु पर्छ ।'

भारतको जासुसी संस्था रअका पूर्वविशेष निर्देशक अमर भूषणले निकालेको कितावमा नेपालमा रअले राजतन्त्र फ्याँकेको दाबी गरिएको छ ।

त्यो सामग्री प्रकाशनसँगै नेपाली राजनीति तातेको छ । भूषणले आफ्नो पुस्तक ‘इनसाइड नेपाल’मा लेखेको कुरा डीएनए इन्डिया डटकमले उद्धृत गरेको हो ।

पुस्तकमा राजतन्त्रविरुद्ध राजनीतिक दलहरूसँग एकताका लागि तत्कालीन माओवादी नेता पुष्पकमल दाहाल प्रचण्डलाई फकाउन धेरै मिहिनेत गर्नुपरेको उल्लेख छ ।

उनले माओवादीलाई सहमत गराउन प्रचण्डसँग पटकपटक बैठक गरेको खुलाएका छन् । जुन सार्वभौम देशका लागि शोभनीय विषय हुन सक्दैन ।

त्यस क्रममा प्रचण्डले रअको नियतप्रति आशंका पनि गरेका थिए । प्रचण्डले राजसंस्था कि लोकतन्त्र भन्नेमा भारतले किन चासो राखेको भनेर प्रश्न पनि गरेका थिए ।

पुस्तकमा रअले सन् १९९० मा निरंकुश राजतन्त्रलाई संवैधानिक बनाउन अभियान थालेको उल्लेख छ । राजीव गान्धी प्रधानमन्त्री छँदै नेपालको जनआन्दोलनमा समर्थन गर्ने निर्णयसमेत गरिएको उनले खुलाएका छन् । कूटनीतिक दबाब दिँदा पनि नेपालका राजाले काम नगरेपछि त्यतिखेर नाकाबन्दीसमेत लगाइएको उनको पुस्तकमा उल्लेख छ ।

यो पुस्तक प्रकाशनसँगै नेपालको राजनीतिमा नयाँ तरंग पंदा भएको छ ।


कस्तो लाग्यो ?

यो पनि