मंसिर ०६, २०८१, बिहीबार
               

नेपाल पनि के कम ! अब आणविक उद्योग खोल्ने कानुन

नेपाल फ्ल्यास
भदौ ०६, २०७६

ADVERTISEMENT

गरिबी, भोग र अभावमा व्याप्त नेपाल अब कम छैन ! सरकारले आणविक उद्योग नै खोल्न सक्ने कानुन ल्याउँदै छ ।

संसद्को उद्योग, वाणिज्य र उपभोक्ता हित समितिले त्यस्तो कानुनको मस्यौदा पारित नै गरेको छ ।

सुरुमा निजी क्षेत्रले पनि त्यस्तो उद्योग खोल्न सक्ने प्रावधान रहेकोमा समितिले सरकारलाई मात्र आणविक उद्योग खोल्न सक्ने अधिकार दिएको छ ।

समितिका सभापति विमलप्रसाद श्रीवास्तवका अनुसार सुरुमा त्यस्तो उद्योगमा ५५ प्रतिशत लगानी स्वदेशी हुनेगरी विदेशीसँग सहकार्य गर्न सकिने प्रावधान थियो । तर समितिमा नेपालको गोपनीयता र सुरक्षासमेतमा असर गर्ने भन्ने विवादपछि सो अधिकार सरकारलाई मात्र दिइएको हो ।
 
अहिलेसम्म नेपालमा आणविक उद्योग खोल्नेबारे कानुन छैन । यो कानुन आएपछि सरकारले आणविक भट्टी चलाउन सक्ने छ ।

यो विधेयक सुरुमा प्रतिनिधिसभामा पेस हुने छ । त्यहाँ छलफलपछि पारित भएर राष्ट्रियसभा पुग्ने छ । संसद्बाट पारित भएर राष्ट्रपतिले लालमोहर लागेपछिमात्र यो कानुनले पूर्णता पाउने छ ।


कस्तो लाग्यो ?

यो पनि