मंसिर ०६, २०८१, बिहीबार
               

राजसंस्था र हिन्दु राष्ट्र फर्काउछौँ : अध्यक्ष राणा

नेपाल फ्ल्यास
साउन २५, २०७६

ADVERTISEMENT

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपतिशमशेर राणाले निकट भविष्यमै राजा र हिन्दु राष्ट्र पक्षधरबीच एकता भएर मुलुकमा सशत्त आन्दोलन हुने बताएका छन् ।

रिपोर्टर्स क्लबले शनिबार राजधानीमा गरेको कार्यक्रममा अध्यक्ष राणाले राजसंस्था र हिन्दुवादी दल तथा समूहबीच एकता हुने र आन्दोलको आँधीबेरी सिर्जना हुने ठोकुवा गरेका हुन् । त्यसले नेपालमा राजसंस्था र हिन्दु राष्ट्र फर्काउने उनले दाबी गरे ।

राणाले नेपालमा राष्ट्रपतिको भूमिका निष्पक्ष नभएको आरोप लगाउँदै मुलुकमा राजसंस्थानै आवश्यक भएको धारणा राखेका छन् । उनले पार्टीको नेता राष्ट्रपति हुँदा त्यो संस्थाको भूमिका निश्पक्ष हुन नसकेको बताए ।

राजसंस्था नै कुनै पनि पार्टीमा आवद्ध नहुने, साझा र निष्पक्ष हुने राणाको तर्क थियो । राष्ट्रपति अनावश्यक भडकिलो र खर्चिलो भएकोमा समेत उहाँको आपत्ति थियो ।

नेपालमा हुन लागेको भनिएको राजनीतिकमा भारतको पनि सहयोग छ भन्ने प्रश्नमा राणाले नेपालभित्रैबाट परिवर्तन संभव हुने ठोकुवा पनि गरेका थिए ।
 


कस्तो लाग्यो ?

यो पनि