मंसिर ०६, २०८१, बिहीबार
               

अस्ताइन् एउटी हिन्दुवादी खम्बा

नेपाल फ्ल्यास
साउन २२, २०७६

ADVERTISEMENT

भारतीय जनता पार्टीकी नेतृ एवं भारतको पूर्व विदेश मन्त्री शुष्मा स्वराजको निधन भएको छ ।

६७ वर्षको उमेरमा हृदयघातबाट उनको निधन भएको हो ।

स्वराज हिन्दु र पूर्वीय दर्शनकी ज्ञाता थिइन् । उनी सदैव हिन्दु, धर्म तथा संस्कृति तथा परम्परा जगेर्नामा समर्पित थिइन । उनी पाँच वर्षे विदेशमन्त्रीको कार्यकालमा पटक पटक नेपाल आएकी थिइन् ।

नेपालमा हिन्दु धर्मको पक्षमा उनको चासो रहेको जानकारहरू बताउँछन् । हिन्दु धर्मको प्रकाण्ड विद्वान स्वराज प्रखर वक्तासमेत हुन् । उनी भारतको पहिलो महिला मुख्यमन्त्री बनेको थिइन् ।

स्वराजको आज बुधवार नै अन्त्येष्टि गरिँदै छ । स्वराजको निधनमा प्रधानमन्त्री मोदीले भावविह्वल हुँदै शोक सन्देश दिएका छन् ।

स्वराज नेपाल हिन्दु राष्ट्र होस् भन्ने चाहन्थिन् । उनको निधनले नेपाललाई हिन्दु अभियन्ताहरूका लागि पनि चोट पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि