मंसिर ०६, २०८१, बिहीबार
               

रअ प्रमुख समान्तकुमार गोयल किन आए ? सन्देश के हो ?

नेपाल फ्ल्यास
साउन १२, २०७६

ADVERTISEMENT

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुफिया संस्था रअका प्रमुखलाई किन नेपाल पठाए । यसको अर्थ राजनीतिक रूपमा आएको छैन । बरु भएका भेट पनि हुँदै भएको छैन भन्दै नेपाल सरकार अहिले अव्यवहारिक ढाकछोपमा लागेको छ ।

के हुन सक्छ त भ्रमणको सङ्केत ?

१.    भारतमा नरेन्द्र मोदी पहिलो कार्यकालको प्रधानमन्त्री बनेसँगै नेपाली राजनीति कर्मचारीतन्त्र र रअको हातबाट राजनीतिमा सरेको थियो । मोदीले राजनीतिक आँखाबाट नेपाल हेरेका थिए । त्यसका कारण भारतीय कर्मचारीतन्त्र र खुफिया एजेन्सीमा काँग्रेस आई निकटहरूको वर्चस्व थियो । त्यसैले मोदीले राजनीतिक तहबाटै नेपाल मामिला हेरेका थिए ।

२.    तत्कालीन सात दल र माओवादीबिच १२ बुँदे सहमति भारतको चाहना र सहयोगमा भएको थियो । त्यो रोडम्याप भारतीय काँग्रेस आईले बनाएको थियो । तर त्यो रोडम्याप कार्यान्वयनको बेलामा मोदी भारतीय प्रधानमन्त्री बने । उनलाई त्यो रोडम्याप मन नपरेको कतिपयको ठम्याइ छ । त्यसैले उनले अहिले जारी संविधान आउन केही दिनअघिमात्रै हालका विदेशमन्त्री एस जयशंकरलाई नेपाल पठाएका थिए । संविधान रोक्न उनले प्रयास गरेका थिए । तर त्यसमा कामयाबी हुन सकेनन् ।

३.    मोदीलाई नेपालको राजनीतिक परिवर्तन मन परेको छैन । उनी नेपाललाई हिन्दु राष्ट्र भएको देख्न चाहन्छन् । भारतीय जनता पाटीका धेरै नेता यो चाहन्छन् । केही त नेपालमा राजसंस्था नै भएको देख्न चाहन्छन् । तर यही मुद्दाका लागि रअका प्रमुख नेपाल आएको भन्ने स्पष्ट आधार भेटिएको छैन ।

४.    समान्तकुमार गोयलको भ्रमणको सन्देश यो हो कि अब भारत नेपाली राजनीतिलाई फेरि खुफिया र कर्मचारी प्रशासनबाट हेर्न चाहन्छ ।

५.    हिन्दु इकोनोमिक फोरम नेपाल च्याप्टर गठनका लागि पनि भारतीय जनता पार्टीका दुइजना नेता नेपाल आए । सोल्टी होटेलमा भएको कार्यक्रममा भारत नेपाल हिन्दु राष्ट्र भएको देख्न चाहेको सन्देश दिए । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाट गरे । यसबाट पनि भारतको पछिल्लो चाहना प्रस्ट बुझ्न सकिन्छ ।

हेर्नुहोस् पूरा सामग्री

पछिल्ला दिनमा नेपालमा हिन्दु राष्ट्रको पक्षमा गतिविधि बढ्दै गएका छन् । 

पछिल्लो समयमा भारतीय प्रधानमन्त्रीको विशेष निर्देशनमा भारतीय गुप्तचर संस्था रअका प्रमुख समान्तकुमार गोयल नेपाल आएर उच्चस्तरमा भेटघाट गरे। साउनको सोमबार पारेर आरध्यदेव पशुपतिनाथमा विशेष पूजाअर्चना गरेर उनले जनस्तरमा हिन्दु राष्ट्रको सन्देश दिए।

यसबीच विश्व हिन्दु सङ्घ र वर्ल्ड हिन्दु फेडरेसनको संयुक्त आयोजना राजधानीमा दुईदिने अन्तर्राष्ट्रिय गोष्ठी भयो। भारतको सत्तारुढ भारतीय जनता पार्टीका प्रभावशाली नेता डा. सुब्रमनियन स्वामीले त्यहाँ नेपाल हिन्दुराष्ट्र हुनुपर्ने बताए ।

डा. स्वामीले हिन्दु राष्ट्रको माग गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए । उनले नेपालको इतिहाससँगै उसको भौगोलिक अवस्थितिका कारण पनि भारत तथा चीन दुवै हिन्दु राष्ट्रप्रति सकारात्मक रहेको बताए ।

गोष्ठीमै सहभागी हुन आएका भाजपाकै अर्का प्रखर हिन्दुवादी नेता तथा पूर्वसांसद तरुण विजयले पनि प्रधानमन्त्री ओलीसँग छुट्टै भेट गरेका थिए ।

अर्थतन्त्रसँग जोडिँदै हिन्दुत्व

अब नेपाललाई हिन्दु राष्ट्र बनाउने योजना विकास र समृद्धिसँग जोडिन थालिएको छ। 'हिन्दु इकोनोमिक फोरम'को अवधारणा ल्याइएको छ।

राजधानीको सोल्टी होटेलमा भएको गोष्ठीमा हिन्दु इकोनोमिक फोरमबारे अभियान चलाइरहेका स्वामी विज्ञानानन्दले हिन्दु धर्मलाई कर्मकाण्डको रूपमा मात्रै बुझ्न नहुने बताए ।

उनले यो क्षेत्रले पहिले विश्व अर्थतन्त्रमा ३५ प्रतिशतसम्म योगदान पुर्‍याएको स्मरण गराए । अहले यो खुम्चिएर ३/४ प्रतिशतमा सीमित छ ।

स्वामी विज्ञानानन्दले किन खस्कियो भन्नेबारे खोज हुनुपर्ने तर्क गरे । अर्थतन्त्र बलियो नभए हिन्दु धर्म र सभ्यता बलियो हुन नसक्ने उनको भनाइ थियो । कार्यक्रममा नेपाली व्यवसायीहरू पनि सामेल थिए ।

स्वामी विज्ञानानन्दले भने- 'पुर्खाको योगदानमा गौरव गर्दै हाम्रो पुस्ताले मेहनत नगर्ने हो भने हाम्रो भविष्य उज्वल हुनेवाला छैन । सुदृढ अर्थतन्त्रमार्फत बेलैमा समृद्धि हासिल गरिएन भने हाम्रो आउँदो पुस्ताले हामीमाथि गर्व गर्ने छैन । मैले एक चिनियाँ प्राध्यापकसँग सोधेको थिएँ, व्यक्तिगत रूपमा चिनियाँभन्दा हामी क्षमतावान् छौँ, तै पनि अन्य एसियाली देशको तुलनामा चीन कसरी बलियो भयो ? जवाफमा मेरा चिनियाँ मित्रले भने, किनकि तपाईँहरू व्यक्तिगत रूपमा क्षमतावान् हुनुहुन्छ, हामी सामूहिक रूपमा क्षमतावान् छौँ । सामूहिक विकासका लागि विचार र प्रविधिको आदानप्रदानमा पनि जोड दिइनुपर्छ । अर्थतन्त्र बलियो भएन भने जसले पनि हेप्छ । आजको सत्य भनेकै सबल अर्थतन्त्र हो । उदाहरणका लागि हेर्नुहोस्, पश्चिमाहरूले कैयौँ कालखण्डसम्म पृथ्वी चेप्टो छ भनेर पढाए । अस्ति भर्खर गोलो छ भने । तर, हामीलाई शताब्दीयौं अघिदेखि पृथ्वी गोलो छ भनेर पढाइन्थ्यो, हाम्रो विषयको नाम नै भूगोल थियो । 'भू' माने पृथ्वी, 'गोल' अर्थात् गोलो ! यो बलियो अर्थतन्त्रको प्रभाव हो कि गलत कुरा बिक्यो, सत्य कुरा खुम्चियो ।'

कार्यक्रममा भारतको उपस्थिति दर्बिलो थियो । राजदूत मन्जिवसिंह पुरी स्वयं सहभागी थिए । उनी स्वयं हिन्दु होइनन् ।

हिन्दु इकोनोमिक फोरमको नेपाल च्याप्टर गठन

कार्यक्रममा हिन्दु इकोनोमिक फोरमको नेपाल च्याप्टर घोषणा गरियो। व्यवसायी प्रदीपमान वैद्यको अध्यक्षतामा फोरम गठन भएको छ ।

स्वामी विज्ञानानन्दका अनुसार 'विश्व हिन्दु इकोनोमिक फोरमको कुनै नेतृत्वदायी समिति छैन । खुला विमर्श र सहकार्यमा आधारित रही गतिविधि सञ्चालन हुँदै आएको छ । तर, क्षेत्रीय स्तरमा भने समिति बनाउने गरिएको छ ।

समिति घोषणा गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोरकुमार प्रधानले नेपाल र भारतका व्यवसायीहरूलाई एकापसमा जोड्न नवगठित फोरमले सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि