मंसिर ०६, २०८१, बिहीबार
               

८ दलले गरे ओली सरकारविरुद्ध आन्दोलन घोषणा

नेपाल फ्ल्यास
असार १८, २०७६

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कम्युनिस्ट सरकारविरुद्ध अरू कम्युनिस्ट घटक र साना दलहरूले आन्दोलन गर्ने घोषणा गरेका छन् ।

बुधवार राजधानीमा पत्रकार सम्मेलन गरी ८ ओटा साना दलले वर्तमान सरकारले राष्ट्रवादको आवरणमा राष्ट्रहितविपरीतका काम गरेको र निरंकुशता लाद्न खोजेको भन्दै यही असार २० गतेदेखि आन्दोलन गर्ने बताएका हुन् ।

नेपाली काँग्रेस विपी, नेकपा माले, जनसमाजवादी दल, नेपाल समाजवादी काँग्रेस, राष्ट्रिय लोकतान्त्रिक मञ्च, ३३ दलीय मोर्चा, जनमोर्चा नेपाल र जनताको प्रजातान्त्रिक पार्टीलगायतका दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको दिनचर्या ख्यालठट्टा र उट्पट्याङमै बितेको भन्दै उनीहरूले अनावश्यक विदेश भ्रमण गरेको आरोपसमेत लगाएका छन् ।

नागरिकता, गुठी, मिडिया, मानवअधिकारलगायतका विधेयकले सरकार निरंकुशतातर्फ उन्मुख भएको देखाउने भन्दै साना दलहरूले ‘होली वाइन’ सम्मेलन र ‘आइफा अवार्ड’ले सरकार विदेशीको तावेदारीमा लागेको पुष्टि गर्ने बताए । लोकतन्त्रविरोधी विधेयकहरू खारेजीको मागसमेत उनीहरूले गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि