बैशाख २५, २०८१, मंगलबार
               

योगी आदित्यनाथको उद्घोषपछि काठमाडौंमा तर‌ंग

नेपाल फ्ल्यास
असार १४, २०७६

ADVERTISEMENT

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल हिन्दुराष्ट्रका लागि तयार हुने बताएसँगै नेपालको राजनीति तरंगित हुन पुगेको छ ।

हिन्दुवादी नेता एवं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विश्वासपात्र योगीको अभिव्यक्तिले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी विजेपी नेपाललाई हिन्दू राष्ट्रमा फर्काउने प्रष्ट चाहना र योजनामा छ भनेर कतिपयले अर्थ लगाएका छन् ।

योगीको यो अभिव्यक्तिपछि काठमाडौंमा कतिपयको निन्द्रा भंग भएको छ । लखनऊस्थित मुख्यमन्त्री कार्यालय (लोकभवन) मा नेपाली पत्रकारको टोलीसँग योगी आदित्यनाथले कुराकानी गरेका थिए ।

के भनेका थिए योगीले ?

हरेक देशको पहिचान हुन्छ । विश्वका हिन्दुहरूले नेपाललाई हिन्दुराष्ट्रका रूपमा चिन्छन् । दुनियाँको भावना समेट्न नेपाल तयार हुनेछ ।  नेपाल हिन्दु राष्ट्र हुँदा विश्वभरका हिन्दुको भावनात्मक सम्बन्ध हुने र तीन करोड जनसंख्या भएको नेपालले विश्वका एक सय करोड हिन्दुको तागत प्रयोग गर्नसक्छ । 

हिन्दु राष्ट्रमार्फत धार्मिक पर्यटनलाई विस्तार गर्न सक्छ नेपालले । पशुपतिनाथको दर्शन गर्न कहाँ जाने ? नेपाल। मुक्तिनाथ कहाँ पर्छ ? नेपालमा । अन्य सांस्कृतिक धरोहर पनि नेपालमै छन्। विश्वका हिन्दुको यो तागतलाई धार्मिक पर्यटनको विकासँग जोड्न सकिन्छ।

र्म निरपेक्षता ब्रिटेनले समेत मानेको छैन । धर्मनिरपेक्ष भने पनि मुलुकको पहिचान कहिँ न कहिँ धर्मसँग जोडिने गर्दछ । नेपालले हिन्दु अजेण्डामा पुनर्विचार गर्नुपर्छ । नेपाल हिन्दु राष्ट्र भएको भारत हेर्न चाहन्छ ।


कस्तो लाग्यो ?

यो पनि