बैशाख २८, २०८१, शुक्रबार
               

स्थानीय सरकारको काम : कलैयामा उपप्रमुखकै नाराबाजी

नेपाल फ्ल्यास
असार १०, २०७६

ADVERTISEMENT

देशभर स्थानीय सरकार भनिएका स्थानीय तहले बजेट ल्याइरहँदा बाराको कलैया उपमहानगरमा भने बेग्लै दृश्य देखियो ।

उपप्रमुख रहिमा खातुनकै अगुवाइमा नगर कार्यपालिकाका सदस्यहरूले विरोध गरेपछि कलैया उपमहानगरपालिकाको चौथो नगरसभा मङ्गलवार बस्न सकेन ।

नगर सभा सदस्यहरूलाई नै जानकारी नदिई बोलाइएको आरोप उपमेयरको छ। नगरप्रमुख राजेश राय यादवले मनोमानी र एकलौटी गर्न खोजेको भन्दै उनीहरूले नाराबाजीसमेत गरेका छन् । त्यसक्रममा नगरसभा हुने भनिएको हलमा तालाबन्दीसमेत गरिएको थियो ।

गत असार ६ गते बसेको कार्यपालिका बैठकमा सहमति जुट्न नसकेपछि  बैठक स्थगित गरिएको थियो ।

 


कस्तो लाग्यो ?

यो पनि